• पोखरामा नयाँ संक्रमित छैनन्ः स्वास्थ्य मन्त्रालय

    न्यूजलाईन्स् मिडिया संवाददाता
    प्रकाशित मिति : २१ चैत्र २०७६, शुक्रबार १७:०७

    काठमाडौं– पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा नयाँ कोरोना संक्रमित नभएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

    स्वास्थ्य मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डाक्टर विकास देवकोटाले पोखरामा आज कुनै नयाँ संक्रमित नभेटिएको बताएका हुन् ।

    ‘पोखरामा कुनै पनि पोजेटिभ देखिएको छैन । परीक्षणलाई हामीले प्रदेशमा विस्तार गरेका छौं । मेसिनहरु गएका छन् । त्यहाँ केही कुरा प्रस्ट रुपमा गर्नुपर्ने हुन्छ । अन्त पनि भेरिफाइ भएपछि यो सिस्टमले राम्रो काम गरेको छ कि छैन हेर्न जरुरी छ’ उनले भने,’केही नमूना रि गर्नुपर्ने हुन्छ । कुनै केश संकास्पद भयो भने पुन परीक्षण हुन्छ । दोहोरो भयो भन्ने कुरा आइरहेको छ तर भेरिफाइ गर्नका लागि केहीको पुन परीक्षण गर्ने काम भएको हो ।’

    १ सय २० जना आइसोलेसनमा

    डा देवकोटाले कोरोनाको आशंकामा देशभरका विभिन्न अस्पतालमा १ सय २० जना आइसोलेसनमा जानकारी दिए ।

    डा देवकोटाका अनुसार कोरोनाको आशंकामा काठमाडौं उपत्यकामा १५ । प्रदेशहरुमा १ सय ५ जना गरी एक सय २० जना व्यक्ति आइसोलेसनमा रहेका छन् ।

    यस्तै कोरोनाको आशंकामा राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा हालम्म १२ सय ७७ जनाको कोरोना परीक्षण भएको प्रवक्ता डा देवकोटाले बताए ।

    यस्तै धरानमा ४९, पोखरामा १९, हेटौंडामा ५, जनकपुरमा ५ सुर्खेतमा ७ र धनगढीमा ४ जनाको कोरोना परीक्षण गरीएको प्रवक्ता डा देवकोटाले बताए ।

    यस्तै झक्तपुरमा रहेका ९६जनाको पनी कोरोना परीक्षणका लागि नमूना संकलन भएको प्रवक्ता डा देवकोटाले बताए । यस्तै कैलाली र कञ्चनपुरमा क्वारेन्टाइनमा रहेका ९२ जनाको पनि कोरोना परीक्षणका लागि नमूना संकलन गरीएको प्रवक्ता डा देवकोटाले बताए ।

     

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु