• एनआरएए को कोरोना राहत कोषमा अब अनलाईन मार्फत क्रेडिट र डेविट कार्डवाट पनि आर्थिक सहयोग गर्न सकिने

    न्यूजलाईन्स् मिडिया संवाददाता
    प्रकाशित मिति : २१ चैत्र २०७६, शुक्रबार २१:१५

    काठमाडौं । गैरआवासीय नेपाली संघ(एनआरएए) को कोरोना राहत कोषमा अब अनलाईन मार्फत क्रेडिट र डेविट कार्डवाट पनि आर्थिक सहयोग गर्न सकिने व्यवस्थाको शुरुवात भएको छ । एनआराएएका कोषाध्यक्ष महेशकुमार श्रेष्ठले एक विज्ञप्ति प्रकाशित गर्दै सो जानकारी गराएका हुन् ।

    विज्ञप्ति :

    अब अनलाईन मार्फत क्रेडिट/ डेविट कार्डवाट पनि NRNA को राहत कोषमा आर्थिक सहयोग गर्न सकिने व्यवस्थाको शुरुवात!
    www.nrna.org/donate

    आदरणीय गैरआवासीय नेपाली दाजुभाई तथा दिदीबहिनीहरु,

    विश्वब्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको कारण उत्पन परिस्थितिले देश भित्र र परदेशमा समस्यामा पर्नु भएका नेपाली दाजुभाई तथा दिदीबहिनीहरुलाई सहयोग गर्ने उद्देश्यले गैरआवासीय नेपाली संघ द्वारा “कोभिड-१९ राहत कोष” स्थापना गरिएको यहाँहरुलाई अवगत नै छ ।

    यसै सन्दर्भमा हामीले अनलाईन मार्फत क्रेडिट वा डेभिट कार्ड प्रयोग गरी थोरै थोरै रकम ( १०/ २० डलर) पनि सहयोग गर्न सकिने व्यवस्था मिलाएका छौं।
    कोरोना भाइरसको यस महामारीमा हामीहरुको स-सानो सहयोगले पनि समस्यामा परेका नेपालीहरुलाई ठूलो सहयोग पुग्ने भएकोले यस पवित्र कार्यमा यहांको सहयोगका लागि हार्दिक अनुरोध गर्दछु।

    For online donation by Credit or Debit Card, please click the link below.
    www.nrna.org/donate

    जापानमा रहनु भएका महानुभावहरुले गैरआवासीय नेपाली संघ जापानको Japan Post Bank Account Number 10930- 13431561 मार्फत पनि सहयोग गर्न सक्नुहुनेछ।

    गैरआवासीय नेपाली संघको यस अभियानमा विभिन्न मुलुकका NRNA NCC हरुले पनि सहयोगको अभियान सञ्चालन गरिरहेकाछन्। हालसम्ममा हाम्रो यस अभियानमा रु. २ करोड भन्दा वढी रकम जम्मा भैसकेको जानकारी गराउंदै,
    पारदर्शिता र इमान्दारिता हाम्रो प्रमुख प्राथमिकता भएकोले यहांहरुको सहयोगको सही सदुपयोग गरिने विस्वास दिलाउन चाहन्छु।
    भवदिय
    महेश कुमार श्रेष्ठ
    कोषाध्यक्ष तथा संयोजक कोभिड-१९ राहत कोष
    गैरआवासीय नेपाली संघ

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु