एजेन्सी, २२ चैत्र । विश्वभर कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ११ लाख नजिक पुगे छ । मृत्यु हुनेको संख्या ५९ हजार कटेको छ ।
पछिल्लो तथ्यांक अनुसार विश्वभर संक्रमित १० लाख ९७ हजार ८ सय १० पुगेका छन् । मृतक संख्या ५९ हजार १ सय ४० पुगेको छ । २ लाख २८ हजार ४ सय ५ निको भई घर फर्किएका छन् ।
सबैभन्दा बढी अमेरिकामा संक्रमित संख्या रहेका छन् । त्यसपछि इटाली, स्पेन, जर्मनी र चीन अगाडि छन् ।