बसन्त’का दुई कृति एकसाथमिसेस नेपाल वल्र्ड–२०२३ को टप २३ प्रतिष्पर्धी सार्वजनिक‘तस्वीरमा ज्येष्ठ नागरिक’ फोटो प्रदर्शनी (फोटो फिचर)हेर्नुहोस् आज मिति २०८० साल असोज १४ गते आइतबारको राशिफलगीति कविता : मैले तिमीसँग किनआईसीएमए नेपाल च्याप्टरद्वारा ६६ जना सीएमए डिग्री हासिल गरेका विद्यार्थी दिक्षीतसमाजबाट दुव्र्यसनलाई कसरी न्युनिकरण गर्न सकिन्छ भन्ने बिषयमा छलफलमाओवादी केन्द्रबाट बारपाक सुलिकोट गाउँपालिका स्तरीय रिटर्नी सेन्टर संगठन गठनप्रज्ञापारमिता स्थापनाको १३ औं बार्षिक उत्सवहाडजोर्नी तथा नसा रोगबारे लेखिएको ‘अर्थोपेडिक प्राक्टिस ईन नेपाल’ पुस्तक भविष्यमा सिद्धान्तको रुपमा विकास हुने डा. लामिछानेको दाबी

बेखर्ची विपन्न कोही भोको नरहुन कल्याणकारी स्वयंसेवक संघ को अभियान हो :तामाङ

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७६ चैत्र २२ गते, शनिबार ११:३८

काठमाडौं। विश्वमा महामारीको रुपमा फैलिरहेको कोरोनाभाइरसको संक्रमणवाट बच्न र बचाउन नेपालमा पनि लकडाउनको अवस्था रहेको छ। लकडाउनका कारण विपन्न तथा शारीरिक रुपमा अपाङ्गता भएकाहरुलाई जीवन निर्वाह गर्न कठिन भएको छ। धेरैजना बेखर्ची समेत भैसकेको अवस्थालाई मध्यनजर गरेर कल्याणकारी स्वयंसेवक संघ नेपालद्वारा कोही भोको नरहुन अभियान अन्तर्गत ५०भन्दाबढी विपन्न तथा शारीरिक असक्तता भएका व्यक्तिलाई सहयोग गरेको छ। घर–घरमै पुगेर ती विपन्न तथा शारीरिक रुपमा अपाङ्गता भएका व्यक्तिहरुलाई खाद्यान्न लगायत अत्यावश्यक सामाग्री वितरण गरिएको हो। कल्याणकारी स्वयंसेवक संघ नेपालका केन्द्रिय अध्यक्ष अक्कल तामाङको नेतृत्वमा यो विषम परिस्थितिमा मानवीय कल्याणकारी कार्य भएको छ। काठमाडौंको बूढानीलकण्ठ नगरपालिका–११ स्थित कपनटार, सूर्योदय टोलमा बसोबास गरिरहेका विपन्न तथा शारीरिक रुपमा अपाङ्गता भएका बेखर्चीहरुलाई सक्दो राहत सहयोग गरेको जानकारी कल्याणकारी स्वयंसेवक संघ नेपालका केन्द्रिय अध्यक्ष अक्कल तामाङले बताएका छन्। केन्द्रिय अध्यक्ष अक्कल तामाङले कोरोनाभाइरसबाट बच्न र बचाउन मास्कको प्रयोग गर्न, साबुनपानीले हात धुन र व्यक्तिसँगको दुरी टाढा राख्न लगायतका अभियान पनि चलाइरहेका छन्। युवा व्यवसायी तथा समाजसेवी तामाङले विगत लामो समयदेखि सामाजिक क्षेत्रमा सक्रिय रहेर विभिन्न सिर्जनात्मक कार्य गर्दैआएका छन्।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु