खै के खै के याे लक्डाउन

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७६ चैत्र २३ गते, आईतवार ०६:१५

७ मुक्तक

(१)
खै के खै के याे लक्डाउन?
खुकुलाे अटेरीलाई खै नक्डाउन?
सरकार! जनता तेतिकै मान्दैनन्।
कडाइ चाहियाे है बढी राेग नअाऊन् ।

(२)
हेर्नुहाेस् विश्व राेएकाे छ खुशी संसारमा नै रहेन ।
अलिकति हेल्चेक्र्याइँ पनि हाे ध्यान पहिला भएन ।
हामी पनि अब त दाेस्राे चरणमा रे काेराेनाकाे परिपक्व
मरिन्छ कि नसाेच्ने वीर नेपाली मरेर था पाउने ध्यानअलि गएन

(३)
लक्डाउन छ हुनु पर्छ पनि राेगकाे लागि
दानी दयालु छाैँ हामी मुठी फुकाअाैँ भाेककाे लागि
केही नभए पनि प्रकृति छिन् बसाैँला गुराँसका फेदमुनि
चिसाे पानी पिउँला रुखाेपिठाे भए नि जुटाैँ अहिले राेगकाे लागि

(४)
के गर्ने सबै घरजेलमा थुनिएका छन् ।
दिन काट्न नानाथरी काम पनि चुनिएका छन् ।
अहिले त साह्रै सजिलाे ढाेका थुन्याे टिकटक र भिडियाे
नाङ्गै जस्तै पुरै नृत्य र अभिनय चुनिएका छन् ।

(५)
तपाईं गाउँले पिरवेशकाे भए जानुहाेस् गाउँमा
वसन्त प्रकृति छिन् रमाउनुहाेस् अाफ्नै ठाउँमा
वनपाखा कन्दरामा स्वागत छ काेइलीकाे
एउटा प्रेम पत्र काेर्नुहाेस् संसारकाे नाउँमा

(६)
लक्डाउन छ कति दिन हुने हाे अझै थाहा छैन
छटपटी छ कतिलाई धेरै दिन भाे भेट्न पनि अा छैन ।
अनि त सम्झिएर ती अतितका यादगार क्षणहरू
लागेकाे बानी का जानी नसाजस्तै खाने मुखले पा छैन ।

(७)
वसन्त छ हल्का गर्मी ती परीहरू नजर प्यासी
बन्द काेठा कुजिएका पखेँटा ती चरीहरू घरमै बसी
मजाले देखाएर लाेभ्याएर हिड्ने कति शान र भान
लक्डाउनले फेसबुकमा देखाए सबै उमाले बुढा असी

डा.शम्भु कुमार दाहाल

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु