नेपाल डेरी एसोसिएसनको २३ औं वार्षिक साधारणसभा धनगढीमा हुने ""नेपाल डेरी एसोसिएसनको टिमले बंगलादेशको भ्रमण""परदेशका नेपाली स्वदेशमा फर्कन चाहन्छन त ?"आज इन्द्रजात्रा, काठमाडौं उपत्यकामा सार्बजनिक बिदासस्तोमा श्रम बेच्न बाध्य नेपालीलाई उचित पारिश्रमिक दिलाउन सातै प्रदेशमा स्कील तथा भोकेशनल एजुकेशन सीपमूलक कार्यक्रमएसियाली खेलकुदफर्निचर फर्निसिङका उत्पादनको कुम्भ मेला ‘फर्नेक्स २०२३’ सुरु, एकै छानामुनी सयौं उत्पादनहेर्नुस् आज मिति २०८० साल असोज ११ गते बिहिबारको राशिफल२४ महिना २४ बाचा’ सार्वजनिक गर्दै एनआरएनए अध्यक्ष पदमा शर्माको उम्मेदवारी घोषणासङ्घीय निजामती ऐन तत्काल ल्याउन कर्मचारी सङ्गठनको माग

उपचार गर्न अटेर गर्ने निजी अस्पताललाई कहिले कारवाही गर्ने सरकार ?

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७६ चैत्र २३ गते, आईतवार ०६:५४

नविन शर्मा

हाम्रो देशको स्वास्थ्य क्षेत्रमा हिजो को दिनमा चर्कौ शुल्क असुल्ने निजी अस्पताल सरकारी अस्पतालमा आफ्ना एजेन्ट राखि रातारात विरामी आफ्नो अस्पतालमा तानेर चर्को शुल्क असुल्थे । कर छली गर्ने , गैरकानुनि ढङ्गले कलेजहरु सञ्चालन गर्थे । आइसियुमा नराख्नुपर्ने विरामीलाई आइसियुमा राखेर दुखि , गरीव ,असायहरुको ढाड सेक्ने गरि शुल्क ्असुल्ने र सेवा गर्नुेको सट्टा स्वास्थ्य क्षेत्रमा पुुरै व्यापारिकरण गर्ने निजि अस्पतालहरु अहिले आएर सामान्य ज्वरो आएका विरामीको पनि उपचार गर्न मान्दैनन् ।
नेपालमा कोरोना संकमण भेटिएपछि झन विरामीको समस्या जटिल वन्दै गएको छ । आजका दिनमा कुनै नागरिक ज्वरोले थलिएपनि उपचार गर्ना पाएका छैनन् । अहिले निजी अस्पतालवाट सुविधा पाउन निकै कम देखिएको छ । यतिखेर ज्वरोको विरामीले उपचार नपाएर अस्पताल धाउदा धाउदै आफ्नो ज्यान गुमाउन परेकोछ । निजी अस्पताले अफ्नो धर्म नै बिर्सिएका छन् । कोरोना संकमण भेटिएपछि अहिले सामान्य ज्वरो ,रुघा ,खोकी लागेका विरामीलाई समेत जाच्नँ नमान्ने, विरामीलाई ढोकैबाट र्फकाउने आफुुसंग भएका भेन्टीलेटरहरु लुकाउने निजी अस्पतालले कहिले सम्म देखाउने यो र्हकत रु सुविधा लिने बेला कहिले पछि नहट्ने अस्पताल अहिले सेवा दिने यो संकटको घडिमा दाहित्व बाट पन्छीने प्रवृत्ति निजी अस्पतालको देखिएको छ । केही त्यस्तो प्रकारको माहामारी देखियो भने के यि निजी अस्पतालका सञ्चालकहरुले सटर तानेर हिड्ने होलान त रु सरकारका निती निर्देशन नमान्ने र्हकत देखाउने ती निजी अस्पतालहरुमा सरकारले छिटो भन्दा छिटो अनुगमन गरि सेवा नदिने अस्पतालहरुलाई कानुनको दायरा ल्याई कडा भन्दा कडा कारवाही हुनुपर्छ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु