शिक्षा विधेयकको विरोधमा शुक्रबार तेस्रो दिन पनि शिक्षकहरुले प्रदर्शन जारीअबदेखि भाइबरबाट पनि बससेवाको अनलाइन बस टिकट काट्न सकिनेविश्व विद्यालय दूध दिवसको अवसरमा कविता प्रतियोगिता गराइने "NeBA and Li-Ning Company Host Farewell for Women's 3x3 Basketball Teamआश्विन ५ गते शुक्रबार : यस्तो छ तपाईंको आजको राशिफलसनातन हिन्दु धर्मको रक्षागर्नु हाम्रो जिम्मेवारी हो : रामबाबाप्रोलिफिक स्कुलको आयोजनामा छात्र फुटसल प्रतियोगिता २०८० को पुरस्कार बितरणभोट गर्न सबैमा गणेश श्रेष्ठको अनुरोधअसोज १० गतेदेखि फर्निचर एक्स्पो सुरु हुँदै, आर्थिक कृयाकलाप चलायमान बनाउने अपेक्षानिक्षेप तथा कर्जा सुरक्षा कोर्षको भूमिका महत्वपूर्णः अर्थमन्त्री डा. महत

चेत न मनुवा

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७६ चैत्र २३ गते, आईतवार १०:४१

चेत न मनुवा

महिशाशुर दैत्य बनेर
जाग्दैछ कोरोना विश्वव्यापी भएर
त्यसैले त,
वल्र्डोमीटरको पारो तातेर
चढ्दो छ मृत्यु महल रक्ताम्य लत्पतिएर
तर चेत छैन अझै पनि मनुवामा ।

पीडामा मलहम पट्टि लगाउनभन्दा पनि
रमाए हिजो कति धुन्धकारी मनुवाहरु
अरुको दुख, दर्द र पीडाको भुमरीमा
अनि,
हानिरहे तिनले कटु वाणहरु
खिचिट्याउँ गर्दै खुशियाली मनाउँदै
गाए अनगिन्ति गीतहरु
वाचन गरे कति कविता, गजल र सायरीहरु
लेखे कति निवन्धका हरफहरु
झारेर कति घोचपेचका साहित्यिक पर्राहरु
नदेखाई कत्ति मानवता
अझै,
नाचे छमछम्ति कति नर्तकीहरुले
गरे पेचिलो व्यङ्य प्रहार चटकीहरुले
सजिएर विभिन्न पहिरन र आशनहरुमा
गीर्जाघर, मठमन्दिर र चर्चकै आगनहरुमा ।

हिजो बनको राजा बनेर गर्जने शेरहरुले
सोचेनन् कहिल्यै एक दिन बुढो हुन्छु भनेर
सेकिरहे आगोको रापले पिल्सिएकाहरुलाई
प्रचण्ड घामको राप र ताप बनेर
पेलिरहे विश्व जगतलाई शक्तिपीठ ठानेर
तर रात बितेर हुँदैछ बिहानी
त्यसैले,
छोपेर छोपिन्न अब तिम्रा काला कर्तुतहरु
बिहानीको रोशनीले गर्दैछन् दिशा निर्देश
खोलिरहेछन् तिम्रा भेद र पोलहरु
देखाईरहेछन् तिम्रा असली रुपहरु
तिमी त लम्पसार परिरहेका रहेछौ नग्न रुपले
हेर त,
तिम्रो नग्न रुपलाई
थुकिरहेछन् थुःथुः गर्दै तमाम् बटुवा र दर्शक दीर्घाले
कुरिकुरि भनिरहेछन्
तिम्रा अगाडि झुम्मिएका वालकदेखि वृद्धासम्मले
विष्ट्याइरहेका छन्
तिमी माथि तिम्रा वरिपरि रुखमा झुम्मिएका चराचुरुङ्गीले
अनि,
लजाउँदै हाल्दैछिन् घुम्टो
विचरा लज्जावती झारहरुले पनि
त्यसैले,
अब त चेत न मनुवा ।

हिजो,
भयौ तिमी घमण्डि र महिमत्ता
तेस्र्यायौ जल, थल र आकाशमा
तिम्रा युद्ध पिपासुका हुल र युद्धपोतहरु
लुट्यौ अनगिन्ति चेहराहरु र धन दौलत
भत्काएर उनीहरुका बस्ने गुँडहरु
फगत तिम्रो निहित स्वार्थ, विवेकहीन तथा अदूरदर्शीपनले
त्यसैले त आज,
हार्दैछौ तिमी पनि
एक अदृश्य कोरोनाबाट
निकम्बा बन्दैछन् तिम्रा युद्धपोत र चालक दलहरु
मलिन अनुहारमा सुस्ताउँदैछन् तिम्रा आवाजहरु
किनकि,
“कहिले सासुको पालो त कहिले बुहारीको पालो” भनेझैँ
छेड्दै छ जेहाद आज कणकण मिलेर
“रसले खायो अरुलाई रीसले खायो आफू”लाई भनेझैँ
आज तिमीलाई आफ्नै रीस, डाह, दम्भ र घमण्डको भुमरीले
अजिङ्गरले आहारा निलेझँै निल्दैछ सर्लक्कै
अनि,
तिमीले गरेका अनगिन्ति गल्तिका कर्तुतले
गुमाइरहेका छौँ होनाहार हजाराँै अवोध चेहराहरु
त्यसैले,
अब त चेत न मनुवा ।

बिर्सिदेउ हिजोका तिक्तताहरु
सिक पाठ आफ्नो कमजोरी
अनि
पराईको सफलताबाट
चलाउ विधिको शासन
छुट्याएर दूधको दूध पानीको पानी
इन्कार गरेर ज्याक, ढ्याक र प्याक
अनि,
त्यागेर हातहतियारको मोह र स्वार्थको दम्भ
जित भोकमरीको लडाई
गरेर प्रयोग कृषि उत्पादनका अस्त्रहरु
जीत कोरोनासँगको लडार्इँ
जनता र प्राणी जगतको स्वास्थ्यमा ख्याल गरी
त्यसैमा हुनेछ भलाई
तिम्रो आफ्नो गाउँ, शहर, देश र जनताको
साथै सम्पूर्ण विश्व जगत र प्राणीको
अनि,
हाईहाई हुनेछौ तिमी पनि विश्व जगतमै
त्यसैले,
अब त चेत न मनुवा ।

नागार्जुन १०, स्युचाटार, काठमाडौँ
चैत्र २२, २०७६
(-डा हरि कुमार श्रेष्ठको फेसबुकबाट साभार)

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु