बसन्त’का दुई कृति एकसाथमिसेस नेपाल वल्र्ड–२०२३ को टप २३ प्रतिष्पर्धी सार्वजनिक‘तस्वीरमा ज्येष्ठ नागरिक’ फोटो प्रदर्शनी (फोटो फिचर)हेर्नुहोस् आज मिति २०८० साल असोज १४ गते आइतबारको राशिफलगीति कविता : मैले तिमीसँग किनआईसीएमए नेपाल च्याप्टरद्वारा ६६ जना सीएमए डिग्री हासिल गरेका विद्यार्थी दिक्षीतसमाजबाट दुव्र्यसनलाई कसरी न्युनिकरण गर्न सकिन्छ भन्ने बिषयमा छलफलमाओवादी केन्द्रबाट बारपाक सुलिकोट गाउँपालिका स्तरीय रिटर्नी सेन्टर संगठन गठनप्रज्ञापारमिता स्थापनाको १३ औं बार्षिक उत्सवहाडजोर्नी तथा नसा रोगबारे लेखिएको ‘अर्थोपेडिक प्राक्टिस ईन नेपाल’ पुस्तक भविष्यमा सिद्धान्तको रुपमा विकास हुने डा. लामिछानेको दाबी

वसन्तले माया मारेछ

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७६ चैत्र २३ गते, आईतवार ११:१८

वसन्तले माया मारेछ
यतिवेला पालुवा लागिसक्नु पर्ने
जाइ,जुइ फुलि सक्नु पर्ने
वसन्त आइसक्नु पर्ने
(१)

पार्क, जङ्गल र देवस्थल भरिनु पर्ने
खालि खालि
मानौ युद्ध सुरु भएकोले
वस्ति खालि भए जस्तै
शहर, सडक, गल्लि
सुनसान डरलाग्दो शुन्यता
वसन्त आउँदा भिड हुन्छ
शत्रुले भेउ पाउँछ
खेत वारिको काम सकेर
शहर रमाउन खोजेको थियो
सवै भाताभुङ्ग
यसपाला वसन्त आउँदैन र आउनु पनि हुँदैन ।

(२)
यो जात्राको मौसममा
चुपचाप एक्लै छन् देवता
मन्दीर, मस्जिद, गुरुद्वारा र गिर्जाघर
पालुवा लागेकै छैन
फूल फुल्ने कुनै छनक नै छैन
यसपाला वसन्तआउँदैन ।
(३)

एउटा नजाँनिदो भय सबैको मनमा पल्हाएको छ
जसको कुनै उपचार छैन
मैहुँ भन्नेहरुले हात उठाइसके
कैदि सरह वाँच्नु परेको छ
कतै ननिस्कनु, कसैसंग भेट नगर्नु
एकान्तवासमा रहनु
कुनपनि समय मृत्यू हुन सक्छ
मान्छे मर्न नपरे कसैसंग डराउँदैन
त्रास फैलिएपछि
धन,सौन्दर्य र आफन्तको के काम
पक्कै हो यसपाला वसन्त आउँदैन ।

जनार्दन अर्याल(बरिस्ठ फोटो पत्रकार)

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु