चैत्र २३, काठमाडौं । अमेरिका , युरोप लगायत विश्वका करिब २ सय ५ देशमा महामारिको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड—१९) को सन्दर्भमा नेपालमा पनि २ सप्ताहको लक डाउनले दैनिक जन जीवनमा असर पारेकाले काठमाडौं महानगरपालिकाले अनुमोदन गरेको कोरोना भाइरस (कोभिड —१९) सम्बन्धी राहत वितरण मापदण्ड २०७६ बमोजिम आज काठमाडौं महानगरपालिकाको वडा नं ४ अन्र्तगत ६ ठाउँमा प्रत्येक ठाउँमा १ सय जनाको दरले कुल ६ सय जनामा राहत वितरण गरिएको कामपा ४ नं का वडा सदस्य ध्रुव प्रसाद त्रिपाठीले बताउनु भएको छ । राहत वितरण गर्ने क्रममा परिवारको संख्या अनुसार दैनिक उपभोग्य खाद्य सामान चामल,दाल, नून,चिनी,चिउरा,तेल र आलु वितरण गरिएको थियो ।
वडाले वितरण गर्ने तालिका अनुसार आज दिनको १ बजे देखि ३ बजेसम्म धुम्बराही पिपल बोट तृप्ति खाद्य स्टोर बाट वडा सदस्य धु्रव प्रसाद त्रिपाठी, धुम्बहराही मन्दिरमा प्रदेश सांसद नारायण सिलवाल, आनन्द नगरमा वडा सदस्य कल्पना बयलकोटी, चण्डोलमा वडा सदस्य सरु अधिकारी,बालुवाटारमा वडा सदस्य दिनेश महर्जन र लम्टगिन मार्ग पंचकन्यामा वडाध्यक्ष मोहन बिष्टले राहत वितरण गर्नु भएको थियो ।
काठमाडौं महानगरपालिका ४ नं वडाको तालिका अनुसार भोलि दिनको १२ बजे देखि अपरान्ह २ बजेसम्म सोहि स्थानमा पुन राहत वितरण गरिने वडा सदस्य धुर्ब प्रसाद त्रिपाठीले बताउनु भएको छ ।