कोभिड–१९ ले कब्जामा लिन नसकेका देश

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २३ चैत्र २०७६, आईतवार २१:०१

मनोज कुमार कँडेल

आज बिश्वलाई कोभिड–१९ ले कब्जामा लिएको छ । आफुलाई महाशक्ती मान्ने राष्ट्र देखी विकाशोन्मुख देशहरु सबै त्राहीमाम भएकाछन् । मुख्यतयाँ स्वास्थ्य समाग्रीको अभावले सयौं व्यक्तिहरुको ज्यान जोगाउन सकिएको छैन भने विश्व नै बन्द रहेको यस अबस्थामा विश्वको आर्थिक प्रक्षेपण कस्तो हुने हो भन्न सकिने अबस्था छैन् । लाखौं मानिसरु बोरोजगार भएकाछन भने लाखौं मानिसहरु दैनिक जीवनयापनको लागी सरकारसँग सहयोग खोजिरहेका छन् । आर्थिक विज्ञहरुले यस महामारी पछि विश्वको शक्ति राष्ट्रहरु विचको शक्ती सन्तुलन नै परिबर्तन हुने विश्लेषण गरिरहेका छन् । चिन र अमेरिका बीच जसरी कोभिड–१९ को विषयमा एक अर्का बीच आरोप प्रत्यारोप भै रहेको अवस्था छ यस माझ एकातिर राजनितिक विज्ञहरुले तेश्रो विश्व युद्धको पृष्‍ठभुमि तयार भै रहेको भन्ने विश्लेषण गरिरहेका छन् । अहिले यो लेख तयार पार्दासम्म विश्वमा १२ लाख भन्दा बाढि मानिसहरु कोभिड–१९ बाट संक्रमित भएका छन्, ६६ हजारले ज्यान गुमाएका छन् भने ९ लाख भन्दा बढि यस भाइरससँग प्रतिरक्षाका लागि जुधिरहेका छन । अझ भनौ उपचाररत छन् । यस भयावह अबस्थामा आजसम्म निम्न महादेशहरुका निम्न देशहरुमा कोभिड–१९ प्रबेश गर्न सकेको छैन् । यी देशहरुले पनि अरु राष्ट्रहरु जस्तै अमेरीका, इटली स्पेनहरुले जस्तै लापरबाही नगरि अहिले देखी नै सजक र सचेत हुन सके भने आफ्नो देशका नागरिकलाई सुरक्षित, सुखी र संमृद्ध राख्ने छन् । ति देशहरुका नाम यस प्रकार रहेकोछ ।

1 Yemen
2 North Korea
3 Tajikistan
4 Turkmenistan
5 Lesotho
6 Comoros
7 Solomon Islands
8 Vanuatu
9 São Tomé and Príncipe
10 Samoa
11 Kiribati
12 Federated States of Micronesia
13 Tonga
14 Marshall Islands
15 Palau
16 Tuvalu
17 Nauru
यि देश बाहेक अन्य विदादित भुभिहरु, संयुक्त राष्ट्रसंघले मान्यता नदिएका गरि ५० भन्दा बढि क्षेत्रहरु छन् । ति देश तथा स्थानहरुमा पनि आज सम्म कोभिड–१९ छिर्न सकेको छैन् ।

(कँडेल अधिबत्ता तथा बाल अधिकारकर्मी हुन )

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु