यो ब्रह्माण्ड डढि सक्यो अव यसै जल्दैछ पृथ्वी पनि
के के हुन्छ न बुझि सक्नुछ यहाँ आयो कोरोना भनि
भोकै छन मजदूर बन्दछ सबै कामै नहुँदा अब
के खान्छन विचरा कमाई सकियो छाकै भरिमा सब
धनि मानिसको छ पिर सहजै कमाई भो बन्द नै
शक्ति राष्ट्र पनि यसै गलिसके भन्थे अरु छन कुनै
बन्दूक गोली र बारुदै तिनीहरु खेल्थे सरी वालक
मान्छे मार्नु कुनै थिएन गहिरो पीडा हुने भर्सक
मज्जा मानिस मारिदा खुशी हुँदै बेच्थे हतिहार नै
आम्दानी गतिलो हुँदा खुशी हुँदै आनन्द लिन्थे तिनै
त्यै आनन्द चुडेर ताकत सबै खैँचि दिने शक्तिले
के गर्नु विचरा रुँदै घर घरै मर्दै गए त्राशले
मै हु मालिक को छ यो युग सबै मेरै नहो भन्दथे
सम्पत्ति जति लुटपाट गरदै मान्छे सबै थुन्दथे
झुण्याई कन मारियो इराकको सद्दाम त्यसै किन
आफै पूर्ण छ कोही छैन अरु चै भन्थे ति ठूलो हुन
कोरोना भरी दुःखमा उहानका मान्छे हुँदामा पनि
भन्थे भो अधिकार मानबहरु बन्दि भए लौ भनि
माओको मुख छोपि तस्विर तिनै छापेर हास्तै थिए
तिन्कै हुर्मत हो लियो अब कठै निर्धा निमूखा भए
ऐले मालिक हौ भनि भुवनमा हुंकार गर्ने हरु
बन्दी जीवन व्यर्थ वित्तछ कठै के गर्न सक्छन अरु
विज्ञानै पनि थाकिरैछ अहिले चाहे पुगोस चन्द्रमा
फाल्दै ध्वस्त बनाउँथ्यो घरी घरी मिशायलै बस्तिमा
ख्वै लौ ध्वस्त बनाईद्यौन अब यो कोरोनालाई अब
तिम्रो पूजनमा हुनन जनहरु संसार उठ्ला सब
यौटा औषधी रच्न के तिमीहरु हौ हुत्तिहारा भनि
कोरोना अब भो चुनौति सरिको संसार निल्ने पनि
यो संसार सजाउने अब फिर्यो पालो छ नेपालको
यै हो देव भूमि सधै समरमा हो विर संसारको
हामी काख भरि हिमालसंग छौँ दक्षिण हाम्रो ढलो
झुल्के घाम र जुन युग भरिको बस्तिहरुको भलो
हाम्रोमा छ जडि बुटी जति जति संञ्जिवनी छन यहाँ
गौरि शंकरको जलाधि वहने त्यो देश होला कहाँ
हामी स्वच्छ समाजका सबल छौ इमानमा खारिदै
कोरोना जलि नस्ट हुँन्छ सहजै आफै खरानी हुँदै
बाबाधामको कोसेली २३ चैत्र २०७६
शिव अधिकारी