हामी अर्को पार्टी निर्माण गर्छौं, ६ वटा मन्त्रालय लिएर सरकारमा सहभागी हुन्छौं ः मेटमणि चौधरी (भिडिओसहित)एनआरएन अष्ट्रेलियाको अध्यक्षमा नन्द गुरुङको पल्ला भारी, आगामी कार्यकालका लागि अध्यक्षमा गुरुङ र रेग्मी प्रतिस्पर्धामापछिल्लो २४ घण्टामा ३ हजार ६११ जनामा कोरोना भाइरस संक्रमण पुष्टिएनआरएनए अस्ट्रेलियाको चुनाबमा एनएसडब्लुको प्रदेश सहसचिव पदमा जोशीको उमेदवारीदमौलीमा सञ्चालनमा आयो ‘लमजुङ सिद्धार्थ होटल एण्ड लज’हेर्नुस् आज के छ देशभरिको मौसम पूर्वानुमानदैब नी बोल्यो पापी होस् भनेरजुडो टोली स्विट्जरल्यान्ड जानेआज मिति २०७८ साउन १५ गते, शुक्रवारको राशिफल
  • मानिसबाट जनावरमा सर्यो कोरोना, चिडियाखानाको ४ बर्षे बाघमा भेटियो संक्रमण

    न्यूजलाईन्स् मिडिया संवाददाता
    प्रकाशित मिति : २४ चैत्र २०७६, सोमबार ११:१९

    मधुजङ पाण्डे
    काठमाडौं । विश्वभर फैलिएको कोभिड १९ (कोरोना भाईरस) मानिसमा मात्र नभई जनवारमा समेत देखा पर्न थालेको छ । विश्वमा नै पहिलो पटक कोरोना भाईरस मानिसबाट जनवरमा सरेको पत्ता लागेको छ । अमेरिकाको ब्रोंक्स चिडियाखानाका प्रमुख भेटेनेरियनले पहिलो पटक मानिसबाट जनवारमा उक्त भाईरस सरेको जानकारी दिएका छन् । अमेरिकाको न्युयोर्क सिटी कोरोना भाइरस संक्रमणबाट सबैभन्दा बढी प्रभावित छ । चिडियाखानाका प्रमुख भेटेनेरियनले आइतबार संक्रमणका कारण आफ्नो एक बाघलाई कोभिड १९ भएको बताएका हुन । सो चिडियाखानामा रहेको ४ वर्षे नादिया नाम गरेको मलायान बाघमा कोरोना भाइरस परीक्षणको रिपोर्ट पोजेटिभ आएको हो । संक्रमणको कुनै लक्षण नदेखिएका सो चिडियाखानाका कर्मचारीको सम्पर्कमा आएपछि नादिया बिरामी परेकाले यो एउटा पृथक केस भएको विश्वास चिडियाखानाका प्रमुख भेटेनेरियन पल कालेले बताएका छन । उनका अनुसार नादियासहित चिडियाखानाका अन्य ३ बाघ र ३ सिंहमा सुख्खा खोकी विकसित भएपछि उनीहरूमध्ये सबैभन्दा बढी बिरामी नादियाको स्वास्थ्य परीक्षण गरेको थियो । नादियाको स्वास्थ्य परीक्षणमा कोभिड १९ पोजेटिभ देखिए पछि पल कालेले कुन कर्मचारीबाट नादियालाई संक्रमण भएको हो भन्ने पत्ता लगाउन नसकेको जानकारी दिएका छन । यसअघि हङकङका केही जनावरहरूमा पनि कोभिड १९ परीक्षणको नतिजा ‘पोजेटिभ’ आएको थियो । पलले भने, ‘मानिसबाट जनावर संक्रमित भएर बिरामी परेको संसारमा हामीलाई थाहा भएको यो नै पहिलो पटक हो ।’ न्यू योर्क कोरोना भाइरसको संक्रमणबाट सर्वा्धिक प्रभावित भए पछि विरामी नादियाको एक्सरे, अल्ट्रासाउण्ड र रक्त परीक्षण गरेको थियो । उक्त चिडियाखाना मध्य मार्चबाट बन्द छ । एजेन्सीको सहयोगमा

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु