भिषण बर्षाको कारण उत्पन्न बाढि पिडितहरुलाई राहत सामाग्री हस्तान्तरणलायन्स क्लब काठमाडौँ समर्पण र हिन्दू स्वयम्सेवकद्धारा हेलम्बुमा राहतदूध तथा दुग्ध पदार्थ ढुवानी गर्ने गाडीमा प्रयोग हुने प्रतीक चिन्ह प्रयोग गर्न आव्हानकाठमाडौं उपत्यकामा जारी निषेधाज्ञा एक साता थपियोपछिल्लो २४ घण्टामा ३४५६ जना संक्रमणमुक्तनेप्से आज ६३ दशमलब ११ अंकको गिरावटसाताको कोरोबारको पहिलो दिन आज के छ नेपाली बजारमा सुनचाँदीको मुल्यबाढी पैह्रोका मुख्य स्रोतहरु तथा समाधानका उपायहरुउद्यमशील महिला समूहले पनि राहत बाँड्योकतारमा अघिल्लो कार्यकालको अधुरा कार्य पुरा गर्न मुक्तदाको पुनः उम्मेदवारी - मुक्तदाका प्रतिबद्धताहरुः
  • अहिलेको समय भनेको संयमता अपनाई मानवसेवामा होमिने हो – तेजेन्द्र शर्मा पौडेल

    न्यूजलाईन्स् मिडिया संवाददाता
    प्रकाशित मिति : २४ चैत्र २०७६, सोमबार १५:१०

    यतिखेर सारा विश्व कोरोना महामारीले आक्रान्त छ । विश्वका एक चौथाइभन्दा बढी जनता लकडाउनमा बस्न बाध्य छन् । नेपालमा हालसम्म कोरोना संक्रमणको आकडा त्यति डरलाग्दो नदेखिए पनि यसको उच्च जोखिमलाई ध्यानमा राखी दुई साता अघिदेखि देशभर लकडाउन गरिएको छ । व्यवसायहरु ठप्प छन् । यतिखेर सरकार, निजीक्षेत्र र प्रतिपक्षसमेत एकठाउँ उभिएर कोरोनासँग लड्ने प्रतिबद्धता जनाइरहेका छन् । यद्यपि, महामारीसँग लड्न अहिलेसम्म चालिएका कदम पर्याप्त र प्रभावकारी हुन नसकेका गुनासासमेत सुनिन थालेका छन् । यसै सन्दर्भमा हामीले गाउँले पर्यटन नेपालका अध्यक्ष तथा वरीष्ठ पर्यटन व्यवसायी तेजेन्द्र शर्मा पौडेलसँग विश्वभर कोरोना महामारीले पारेको प्रभाव, कोरोना रोकथामका लागि भइरहेका प्रयास र यसमा निजी क्षेत्रले खेल्नुपर्ने भूमिकाका सम्बन्धमा कुरा गरेका छौँ ।
    वरीष्ठ पर्यटन व्यवसायी पौडेल यतिखेर सबैको ध्यान विश्वलाई कोरोनाबाट उन्मुक्ति दिनेतर्फ केन्द्रित हुनुपर्ने धारणा राख्छन् । ‘सर्वप्रथम विश्व समुदायले कोरोना भाइरस महामारीबाट मुक्ति पाउनुपर्यो,’ पौडेल भन्छन्, ‘मानव समुदाय, प्राण र शरीर रहे मात्र अरु सोच बन्ने ध्रुवसत्य हो ।’
    विपद्का वेला व्यक्तिगत फाइदा वा निजी स्वार्थलाई हेरेर कुनै गल्ती कमजोरी गरिए सिंगो समाजका लागि घात हुने उनको बुझाइ छ ।
    ‘एकजनाको उद्धारका लागि ठूलो मानव संहार हुने काम कर्तव्य कुनै तह वा व्यक्ति विशेषबाट हुनु हुँदैन,’ उनी भन्छन्, ‘आफू कसरी बाँच्ने मात्र नभई अरुलाई कसरी बचाउने भन्नेतर्फ सबै सचेत हुनुपर्ने अहिलेको मुख्य लक्ष्य र कर्तव्य हो ।’
    यो समय अत्यन्तै धैर्य, संयम, सचेतना, अनुशासन र सकारात्मक सोचका साथ आशावादी हुने समय रहेको बताउँदै पौडेल संक्रमण रोक्न व्यक्तिगत अनुशासनमा जोड दिन्छन् ।
    यतिखेर पक्ष प्रतिपक्ष सबै एकमत भएर सरकारलाई साथ दिनुपर्ने बताउँदै उनी भन्छन्, ‘विश्वमा नै यो महामारी फैलिएको र सम्पूर्ण समुदाय यसको रोकथाम, निवारण तथा उन्मूलनमा लागेकाले हामी निजी वा राजनीतिक स्वार्थ, भागबन्डा वा प्रतिशोधमा केन्द्रित नभइकन राष्ट्रिय हित र सिंगो मानवजातिको रक्षामा एकजुट भएर लाग्नुपर्छ ।’
    ‘सरकारको विरोध मात्र गर्ने आजको अवस्था पक्कै होइन,’ उनी भन्छन्, ‘सरकारले यो घडीमा महामारी रोकथामका लागि चालेका कदमलाई सम्पूर्ण नेपाली जनता, राजनीतिक दल, सबै व्यवसायी, सुरक्षाकर्मी तथा सबै तप्काका सम्पूर्ण नेपालीले आत्मसात गरी पूर्ण रुपमा सरकारको निर्देशन पालना गर्नु नै सुखद् भविष्यको कल्पना गर्नु हो र यसमा कुनै दुई मत छैन ।’
    महामारीसँग जुध्ने कार्यमा निजी क्षेत्रको पनि उत्तिकै जिम्मेवारी रहन्छ । त्यसैले, हिजो राम्रा दिनमा राम्रो कमाइ गरेका व्यवसायीहरुले संकटको यो घडीमा राज्यलाई साथ दिनुपर्ने उनको धारणा छ ।
    ‘हिजोका राम्रा दिनहरुमा राम्रो कमाइ गरेका निजी हेलिकोप्टर कम्पनी र एजेन्सीहरुले यो अत्यन्तै संवेदनशील अवस्थामा राहत वितरण तथा अन्य आवश्यक पर्ने कार्यमा नेपाल सरकारको अनुमति लिई आवश्यक स्थानहरुमा अति सुपथ भाडादरमा उडानहरु गरिदिनुपर्छ,’ वरीष्ठ पर्यटन व्यवसायी पौडेल भन्छन्, ‘आफ्नो देश तथा कम्पनीको रेपुटेसन बिल्ड अप गर्ने अत्यन्तै राम्रो अवसर पनि हो यो भन्ने लाग्छ । त्यसैले, सेवा नै धर्म हो भन्ने कुरामा सम्बन्धित सेवा प्रदान गर्ने व्यवसायीहरुले सोच्नुपर्ने मानवीय गुण पनि हो ।’
    ‘यो अवस्थामा पहिले आफू सोचौँ अनि परिवार, आफन्त, समुदाय अनि मात्र देश र संसार सोचौँ भन्ने लाग्छ,’ उनी थप्छन्, ‘यो महामारी उन्मूलनपछि पुनः विश्व समुदायले नियमित सास फेर्ने सकारात्मक विश्वासका साथ धैर्य गरी असल मानवको उदाहरण बनौँ भन्ने मेरो व्यक्तिगत धारणा हो ।’
    ईश्वरप्रतिको आस्थाले आत्मबल बढाउने भन्दै पौडेल सकारात्क ऊर्जाका लागि आस्थावान् र आशावादी बन्नुपर्ने बताउँछन् । कुराकानीको अन्त्यमा पौडेल भन्छन्, ‘यो महामारीबाट श्री पशुपतिनाथले हामी नेपाली मात्र नभई सम्पूर्ण विश्वभरका मानव जातिका साथै सम्पूर्ण प्राणीजगत्को रक्षा गरुन् भन्ने विश्वासका साथ प्रार्थना गर्दछु ।’

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु