• लकडाउनको अवधि वैशाख ३ गतेसम्मको लागि थप

    न्यूजलाईन्स् मिडिया संवाददाता
    प्रकाशित मिति : २४ चैत्र २०७६, सोमबार १८:१४

    काठमाडौं, चैत २४ – सरकारले कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि घोषणा गरेको लकडाउनको अवधि थप गर्ने भएको छ । कोरोनाका संक्रमितको संख्या बढेसँगै सरकारले लकडाउनको अवधि वैशाख ३ गतेसम्मको लागि थप गरेको हो ।

    आज बसेको मन्त्रीपरिषद्को बैठकले चैत २५ गतेसम्मको लकडाउनको समय ८ दिन थपेर बैशाख ३ गते पुर्याएको छ ।

    यसअघि सरकारले पहिलोपटक गत ११ चैतदेखि १८ सम्म लकडाउन घोषणा गरेको थियो । तर, संक्रमितको संख्या थपिँदै गएपछि दोस्रोपटक पुनः चैत २५ गतेसम्म थपेको थियो ।

    सरकारले लकडाउनका बेला अत्यावश्यक कामबाहेक घरबाहिर ननिस्कन समेत सबैलाई आग्रह गरेको छ ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु