भिषण बर्षाको कारण उत्पन्न बाढि पिडितहरुलाई राहत सामाग्री हस्तान्तरणलायन्स क्लब काठमाडौँ समर्पण र हिन्दू स्वयम्सेवकद्धारा हेलम्बुमा राहतदूध तथा दुग्ध पदार्थ ढुवानी गर्ने गाडीमा प्रयोग हुने प्रतीक चिन्ह प्रयोग गर्न आव्हानकाठमाडौं उपत्यकामा जारी निषेधाज्ञा एक साता थपियोपछिल्लो २४ घण्टामा ३४५६ जना संक्रमणमुक्तनेप्से आज ६३ दशमलब ११ अंकको गिरावटसाताको कोरोबारको पहिलो दिन आज के छ नेपाली बजारमा सुनचाँदीको मुल्यबाढी पैह्रोका मुख्य स्रोतहरु तथा समाधानका उपायहरुउद्यमशील महिला समूहले पनि राहत बाँड्योकतारमा अघिल्लो कार्यकालको अधुरा कार्य पुरा गर्न मुक्तदाको पुनः उम्मेदवारी - मुक्तदाका प्रतिबद्धताहरुः
  • सुकुमवासीलाई एनटीएको राहत

    न्यूजलाईन्स् मिडिया संवाददाता
    प्रकाशित मिति : २४ चैत्र २०७६, सोमबार २०:०७

    काठमाडौं, चैत २४ गते ।
    विश्वव्यापी महामारीका रुपमा फैलिरहेको कोरोना भाइरस (कोभिड¬ १९) को नियन्त्रण र रोकथाम गर्न लागू गरिएको लकडाउनका कारण कठिनाइमा परेका दैनिक मजदुरी गरी गुजारा गर्दै आएका सुकुमवासी टोलका परिवारलाई सोमबार राहत वितरण गरिएको छ ।
    नेप्लिज तेक्वान्दो एकेडेमी (एनटीए) को सहकार्यमा कागेश्वरी मनोहरा नगरपालिका वडा ६ स्थित मुलपानी अन्तर्राष्ट्रिय क्रिकेट रंगशालासंगै रहेको सुकुमवासी बस्तीका १० घरका परिवारलाई राहत वितरण गरिएको तेक्वान्दोका अन्तर्राष्ट्रिय निर्णायक समेत रहेका एनटीएका अध्यक्ष अशोक खड्काले जनाएका छन् । वितरण गरिएको खाद्य राहत सामाग्रीमा चामल, तेल, नुन, चिनी र दाल रहेका छन् । एक परिवारलाई करिब २ हजार १ सय रुपैयाँ बराबरको खाद्य सामाग्री वितरण गरिएको अध्यक्ष खड्काले जानकारी दिए ।
    राहत सामाग्रीका लागि दिल गुरुङ (हङकङ), मन राई (युके), तेक्वान्दोकर्मीहरु ईश्वरमान वज्राचार्य, तिलक लामा, नन्द विष्ट र श्रीकृष्ण खड्का तथा सार्प ट्राभलले आर्थिक सहयोग गरेका हुन् । उनीहरुबाट कुल ९१ हजार १ सय ५१ रुपैयाँ संकलन भएको अध्यक्ष खड्काले जनाएका छन् । दोश्रो चरणमा मंगलबार कागेश्वरी मनोहरा नगरपालिका वडा २ स्थित आलापोटमा रहेका निम्न आर्थिक अवस्थाका परिवार, दलित र एकल महिलालाई राहत वितरण गर्ने कार्यक्रम रहेको बताइएको छ ।
    २०७२ सालको महाभुकम्पमा पनि एनटीएले भुकम्प पीडितहरुलाई राहत वितरण गरी सहयोग गरेको थियो ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु