तेस्रो प्रयासमा सुदूरपश्चिमको सपना पूरा, बन्यो एनपीएल च्याम्पियन⚡दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल

नेपाली युवा अमेरिकन आइडलमा टप २० मा सुरक्षित

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७६ चैत्र २५ गते, मंगलवार ०:०६

नेपाली युवा दिवेश पोखरेलले अमेरिकन आइडलमा धमका पिटिरेहका छन् । अडिसन राउण्डदेखि अहिलेसम्म दिवेशले हरेक प्रस्तुतीमा जजबाट स्ट्यान्डिङ अवेशन पाइरहेका छन् । जजले गर्ने तारिफ पनि उस्तै छ ।

यस्तैमा दिवेशले अहिले आफूलाई टप २० मा सुरक्षित गरेका छन् । आइतबार प्रशारण भएको एपिसोडबाट उनले आफूलाई उत्कृष्ट २० मा सुरक्षित गरेका हुन् । ‘अर्थर गन’को नामबाट परिचित दिवेशले टप २० प्रवेश गर्नको लागि बब मार्लीको गीतमा प्रस्तती दिएका थिए । हजारौ दर्शकको उपस्थितीमा उनले आफ्नो धमकेदार प्रस्तुती दिएका थिए ।

उनको प्रस्तुती हेर्न उनको परिवार पनि त्यहाँ उपस्थित थिए । टप २० छान्नको लागि जजलाई निकै सकस परेको थियो । तर, दिवेशलाई टप २० मा लग्न केही सोच्नु नपरेको जजहरुले बताएका छन् । दिवेशलाई टप २० मा छान्दै गर्दा जजले भनेका थिए, ‘तिमी उदाउँदो तारा हौ ।’ आफू टप २० मा परेकोमा दिवेश निकै खुसी छन् । आफ्नो सपनाहरु झन नजिक हुदैँ गएको उनको भनाई छ । उनले आफूलाई टप २०को लायक देखेकोमा जजहरुलाई धन्यवाद दिएका छन् ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु