आगामी चैतसम्म तीन करोड मात्राभन्दा बढी कोरोना विरुद्धको खोप ल्याउने तयारीअसोज दोस्रो सातादेखि तेस्रो लहर आउन सक्ने प्रक्षेपणसुनको चुरा’ बोलको तिज गीत सार्वजनिकचाँडै नै श्रद्धा रोमान्टिक फिल्म ‘चालबाज इन लन्दन’ मा देखिनेसमाजवादी पार्टीको आधिकारिकता उपेन्द्र यादव पक्षलाईआज मिति २०७८ साउन १२ गते, मंगलवारको राशिफलमन्त्री कार्की समक्ष चेम्वर प्रतिनिधि मण्डलद्धारा सुझाव प्रस्तुत, कोरोना महामारीका कारण पहिलो क्षति निजी क्षेत्रले भोग्नु परेको प्रष्टोक्तीएनआरएनए एनसीसी यूएईको अध्यक्षमा कार्यबाहक अध्यक्ष निरन्जन सिलवालले उम्मेदवारी घोषणापछिल्लो घण्टामा देशैभरी ३,४२१ जना कोरोनाका नयाँ संक्रमित थपिएआयुषको'तिमी र म'मा ग्रेसी (भिडियो )
  • कोरोनालाई मजाक नबनाउ

    न्यूजलाईन्स् मिडिया संवाददाता
    प्रकाशित मिति : २५ चैत्र २०७६, मंगलवार ०८:२१

    लक्ष्मी राना काठमाडौं ।

    आज मैले एउटा नमिठो भिडियो हेरे मन चसक्क खायो ।
    एक जना दाजु घर देखि गेट बाहिर निस्के । खै, के काम थियो ? उहाँको । जब त्यो दाजु घरको गेट देखि बाहिर जानू भयो त्यत्तिकैमा पुलिसको भ्यान साइनर बजाउदै आयो । मैले त्यो भिडियो दोहोर्‍याइ दोहोर्‍याइ हेरे छक्क परे । छक्क पर्नुको एउटै कारण ती दाजुको हर्कत । जब ती दाजुले पुलिसको भ्यानको साइनर सुने तब उनले आफूलाई मस्तिष्क पक्षघात (सि.पि) भएको नाटक हिडेर नेपाल पुलिसलाई चक्मा दिदै हिंडे । अनि सोचे, हे भगवान, कोरोना थोडी अपांगता भएका व्यत्तिलाइ लाग्दैन ? बुझ्दैन किन यो समाज ?
    रोगले धनी गरिब अपांग सपाङ भन्दैन । झन् कुरा आयो कोभिड१९ को । अपांगता भएका व्यत्तिलाइ छुट अरुलाई नछुट भन्ने कोरोनाको कुन पन्नमा लेखिएको छ ल भन त मलाई?
    यो समयमा सबै सचेत भइ बसम आपतमा सबल र अपांग भन्ने हुदैन । मलाई चिन्ता तिमी जस्तो नौटन्किको होइन मलाई चिन्ता यो देशको अनि आफ्नो स्वास्थ्यको छ । मैले बुझेको कोरोना होस् या त अरु कुनै महामारी या त विश्वमा हुने संकट, प्रभाव त समान हुन्छ नि होइन ? बर्ग र स्तरलाई पनि प्रभाव पर्छ नि होइन र ? अनि विभेद कसरी, अहिले कै अवस्थालाई हेरम के कोरोना भाइरसले अपांगलाई नलाग्ने सपाङलाई लाग्ने भन्ने हुन्छ र? अनि छुट किन अपांगलाई सरकार? समर्थन त सहि कुराका लागि गर न जब अपांग एक्लो हुन्छ । सहारा बन जति खेर पिछडिएका हुन् तर प्लिज यो कठिन घडिमा सबैलाई घर भित्र राख, अपाङ्ग होस् या त सपाङ सबैलाई समान दृश्टिकोणले हेरिदेउ र सबै अपांगता साथीहरुलाइ यो शन्देश “तिमी निरोगी भयौं भने दुनियाँ तिम्रो हुन्छ, साथी भाइ आफन्त सबै तिम्रो हुन्छ, यसरी दुखद: घडिमा तिमी यसलाई मजाक नबनाउ अनि सुन तिम्रो लापरबाहिले तिम्रो नक्कल गरेर ती सबल व्यत्तिहरुलाइ फाइदा लुट्न नदेउ…” घर भित्रै बस स्वस्थ भएर बस सु स्वास्थको कामना ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु