शिक्षा विधेयकको विरोधमा शुक्रबार तेस्रो दिन पनि शिक्षकहरुले प्रदर्शन जारीअबदेखि भाइबरबाट पनि बससेवाको अनलाइन बस टिकट काट्न सकिनेविश्व विद्यालय दूध दिवसको अवसरमा कविता प्रतियोगिता गराइने "NeBA and Li-Ning Company Host Farewell for Women's 3x3 Basketball Teamआश्विन ५ गते शुक्रबार : यस्तो छ तपाईंको आजको राशिफलसनातन हिन्दु धर्मको रक्षागर्नु हाम्रो जिम्मेवारी हो : रामबाबाप्रोलिफिक स्कुलको आयोजनामा छात्र फुटसल प्रतियोगिता २०८० को पुरस्कार बितरणभोट गर्न सबैमा गणेश श्रेष्ठको अनुरोधअसोज १० गतेदेखि फर्निचर एक्स्पो सुरु हुँदै, आर्थिक कृयाकलाप चलायमान बनाउने अपेक्षानिक्षेप तथा कर्जा सुरक्षा कोर्षको भूमिका महत्वपूर्णः अर्थमन्त्री डा. महत

दुईसाता नेपालका लागि थप चुनौति हुने प्रधानमन्त्री ओलीको सन्देश

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७६ चैत्र २५ गते, मंगलवार ११:५४

काठमाडौं। विश्वभर महामारीको रुपमा फैलिरहेको कोरोनाभाइरसको संक्रमण रोक्न गरिएको लकडाउन भएको आज नेपालमा १५ दिन पुगेको छ। लकडाउनको यो अवस्थामा नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीले विदेशबाट आएका सबैलाई क्वारेन्टाइनमा बस्न आग्रह गरेका छन् । मंगलबार बिहान ११ बजे राष्ट्रका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले विदेशबाट आएका केही नागरिक क्वारेन्टाइनमा बस्न नमानेको उल्लेख गर्दै स्वघोषणा गर्दै क्वारेन्टाइनमा बस्न आग्रह गरेका हुन्।
विदेशबाट आएका सबै नागरिकलाई जनप्रतिनिधि तथा स्वास्थ्यकर्मीको सम्पर्कमा आएर कोरोनाविरुद्धको लडाइँमा सहभागी हुन प्रधानमन्त्री ओलीले आग्रह गरेका छन् । एक जनाको लापरबाहीले परिवार, समुदाय हुँदै राष्ट्रलाई नै क्षति पुऱ्याउने उल्लेख गर्दै प्रधानमन्त्री ओलीले विदेशबाट आएका सबैलाई क्वारेन्टाइनमा बस्न आग्रह गरेका हुन् । त्यस्तै नेपाल–भारत सीमामा रहेका नेपाली नागरिकको उचित व्यवस्थापन गरिने प्रधानमन्त्री ओलीले बताएका छन्। मानव जातिलाई नै चुनौति दिइरहेको बर्तमान अवस्थामा यसविरुद्ध लडाई लड्नु नै हाम्रो प्रमुख उदेश्य रहेको भन्दै प्रधानमन्त्री ओलीले बलियो राष्ट्रिय एकता निर्माण गर्न सञ्चार माध्यमलाई अनुरोध पनि गरेका छन्। लकडाउन जतिसुकै कष्टकर भएतापनि सक्दो सहयोग गर्नु आवश्यक भएको उल्लेख गर्दै पाँच बर्षअगाडिको महाभूकम्पलाई संस्मरण गर्दै महाभूकम्पमा संयमता अपनाएका नेपाली जनताले प्रदर्शन गरेको धैर्य र साहसको प्रशंशा पनि प्रधानमन्त्री ओलीले गरेका छन्। संकटको बेला जुन स्थानमा रहेका नेपालीहरु सोही स्थानमा सुरक्षित रहन पनि आग्रह गर्दै नीजि स्वास्थ्यक्षेत्रमा कार्यरत स्वास्थ्यकर्मीहरुलाई पनि सरकारी सरह सुविधा र भत्ता दिने निर्णय गरेका छन्। दुईसाता नेपालका लागि थप चुनौति हुने प्रधानमन्त्रीको भनाई रहेको छ।
प्रकाशन मिति–२०७६ साल चैत २५ गते मंगलवार ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु