‘तस्वीरमा ज्येष्ठ नागरिक’ फोटो प्रदर्शनी (फोटो फिचर)हेर्नुहोस् आज मिति २०८० साल असोज १४ गते आइतबारको राशिफलगीति कविता : मैले तिमीसँग किनआईसीएमए नेपाल च्याप्टरद्वारा ६६ जना सीएमए डिग्री हासिल गरेका विद्यार्थी दिक्षीतसमाजबाट दुव्र्यसनलाई कसरी न्युनिकरण गर्न सकिन्छ भन्ने बिषयमा छलफलमाओवादी केन्द्रबाट बारपाक सुलिकोट गाउँपालिका स्तरीय रिटर्नी सेन्टर संगठन गठनप्रज्ञापारमिता स्थापनाको १३ औं बार्षिक उत्सवहाडजोर्नी तथा नसा रोगबारे लेखिएको ‘अर्थोपेडिक प्राक्टिस ईन नेपाल’ पुस्तक भविष्यमा सिद्धान्तको रुपमा विकास हुने डा. लामिछानेको दाबीBishal Milan Kendra vs. Tribhuwan Army Club: An Epic Battle Ends with Tribhuvan Army Club Emerging Victoriousरोयल इनफिल्डको Hunter Hertiage Ride 2023 आयोजना

पूर्वसांसद उप्रेतीको सक्रियतामा बन्यो क्वारेन्टाइन अस्पताल

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७६ चैत्र २५ गते, मंगलवार १४:११

काठमाडौं । सर्लाही ३ बाट २०७० सालको संविधानसभामा तत्कालीन नेकपा एमालेबाट निर्वाचित पूर्व सांसद हरिप्रसाद उप्रेतीको सक्रियतामा सर्लाहीको बरथहवा नगरपालिका १५ को एउटा स्वास्थ्य चौकीलाई अहिले क्वारेन्टाइन अस्पताल बनाइएको छ ।
बनिसकेर उद्घाटन गर्न बाँकी रहेको स्वास्थ्य चौकी भवनमा २० वटा बेड राखिएको र क्वारेन्टाइनको व्यवस्था गरिएको पूर्व सांसद बताए । उनले विशेषगरी भारतबाट आउनेका लागि यो क्वारेनटाइन बेड उपयुक्त भएको बताए । नेपालमा संक्रमण नबढेको र भारतमा संक्रमितको संख्या बढ्दै गरेकाले यो बेला भारत पुगेका यो क्षेत्रका धेरैजसो नेपाली स्वदेश फर्किएका छन् । उप्रेतीको पहलमा ३ वर्ष अघिबाट ३ करोड रुपैंयामा स्वास्थ्य चौकी बनेको हो । उप्रेतीले गाउँगाउँ पुगेर स्वास्थ्य सामग्री वितरण गरिएको जनाए ।
उप्रेतीले विशेषगरी ग्रामीण भेगमा र सामान्य जनजीवन भएका ठाउँमा पुगेर चेतनामूलक कार्यक्रम पनि सञ्चालन गर्दै आएको जनाएका छन् । वडासँगको समन्वयमा मास्क, साबुन, सेनिटाइजर पनि वितरण गरिएको छ । उप्रेतीकी छोरी हिनाले स्वास्थ्य चौकीमा पीपीईको अभावमा उपचारमा समस्या परेको बुझेपछि २ वटा पीपीई सेट र २५ वटा मास्क उपलव्ध गराएकी छिन् ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु