• बिदेशमा अध्ययनरत विद्यार्थीहरुमा परेको समस्या र समाधानको निम्ती एक्सन टिम गठन

    न्यूजलाईन्स् मिडिया संवाददाता
    प्रकाशित मिति : २५ चैत्र २०७६, मंगलवार १५:३४

    काठमाण्डौं चैत्र २५ । राष्ट्रिय शैक्षिक परामर्श संघले कोरोना भाइरसको विश्वव्यापी महामारीबाट बिदेशमा अध्ययनरत विद्यार्थीहरुमा परेको समस्या र समाधानको निम्ती एक्सन टिम गठन गरेको छ ।
    संघले आज बिज्ञप्ती प्रकाशीत गदै एक्सन टिमको गठनसंगै विदेशमा अध्ययन्रत नेपाली विधार्थीहरुको पहिचानका निम्ती डाटा संकलन गर्ने कार्य समेत सुरु गरिएको जनाएको छ । संघले कोरोना भाइरसका कारण नेपाली विद्यार्थीहरुमा परेको समस्याको निराकरणका निम्ती ,विधार्थीहरुको स्वास्थ, सुरक्षा तथा आधारभुत आवश्यकताको प्रत्याभुतीको लागि नेपाल सरकार शिक्षा मन्त्रालय, विदेश स्थित दुतावासहरु अन्तराष्ट्रिय गैरसरकारीसस्था, नेपाली परामर्श संघहरु सम्बन्धित विदेशी नियोगहरुमा बारम्बार रुपमा सुचनाको आदान प्रदान तथा छलफल गर्दै समस्याको समाधान तर्फ अगाडी बढिरहेको जनाएको छ ।
    अस्ट्रेलिया अध्ययनका लागि फेब्रुअरी र मार्च २०२० को सत्रमा गएका र जान बांकी विधार्थीहरुको अध्ययनमा कोरोनाको महामारीले अनेकन समस्याहरु देखिएकाले सो सत्रलाई अनलाइन गर्नुभन्दा हाललाई स्थगित गरि अनुकुल समयमा सुचारु गर्न कलेज तथा विश्वविद्यालयलाई आह्वान तथा अनुरोध समेत गरेको छ ।
    राष्ट्रिय शैक्षिक परामर्श संघका अध्यक्ष सन्तोश प्याकुरेलद्धारा जारी बिज्ञप्तीमा अप्रिल २०२० सत्रमा जापान अध्ययनका लागि जाने विधार्थीहरुको सिओइ लिएर अन्तर्वाता कुरेर बसेका तथा भिसा लिएर पनि अध्ययनमा अनिश्चितता देखिएको हुंदा जापानका भाषा स्कुल र कलेज र विश्वविद्यालयहरुलाई अप्रिल सत्र लाई ढिलो अथवा अनुकुल समयमा शुरु गर्न पनि अनुरोध गरिएको छ ।
    संघले यो जटिल परीस्थितिलाई मध्यनजर गर्दै सम्पूर्ण विधार्थीहरुलाई सुस्वास्थ्य,सुरक्षित तरिकाले जहाँ हुनुहुन्छ त्यही रहनुहोस् भनि कामना समेत गरेको छ ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु