सामुदायिक सेवा केन्द्र टुँडालदेवीको आयोजनामा शान्ति सुरक्षा सम्बन्धि छलफल तथा चियापान कार्यक्रम सम्पन्नमिसेस नेपाल वल्र्ड २०२४ का प्रतियोगीले ट्यालेन्ट राउण्डअन्तर्गत आफ्नो भिन्न भिन्न प्रतिभा प्रदर्शनगीति कविता : सिपाहीखेलाडीलाई उपचार खर्चरोयल इन्फिल्ड क्लासमा नेपाली राइडर दीपक साह विजयीकर्णाली प्रदेशका तीन खेलाडी कर्णाली याक्समाआज बडा दशैंको छैटौं दिन,कात्यायनीदेवीको पूजा गरिँदै यस्तो छ : महिमा र पूजाविधियस्तो छ तपाईंको असोज २२ गते मंगलबारको राशिफलविश्व मस्तिष्क पक्षाघात दिवस सम्पन्नबाढीपहिरोबाट भएको क्षतिबारे सातै प्रदेशका मन्त्रीसँग ऊर्जामन्त्रीको छलफल

कोरोना भाइरस रोकथामका लागि सतर्कता अपनाउन अन्तरक्रियात्मक छलफलमा सासंद मैनाली

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७६ चैत्र २५ गते, मंगलवार १९:५१

नुवाकोट । विश्वमा महामारीको रुपमा फैलिरहेको कोरोनाभाइरसको संक्रमणवाट बच्न र बचाउन नेपालमा पनि लकडाउनको १५ दिन पुगिसकेको छ। लकडाउनका कारण विपन्न तथा शारीरिक रुपमा अपाङ्गता भएकाहरुलाई जीवन निर्वाह गर्न कठिन भएको छ। धेरैजना बेखर्ची समेत भैसकेको अवस्थालाई मध्यनजर गदै नेकपा नुवाकाेटका युवा नेता एवंम बागमती प्रदेश सासंद माननीय बद्री मैनाली को नेतृत्वमा सामाजिक अभियन्ता सीताराम राउत,विकल्प पाठक ,शम्भु लामा लगायत व्यक्तित्वहरूबाट ककनी,र लिखु गाउँ पालिकाको भ्रमण गरेका छन । भ्रमणको क्रममा कोभिड-१९ ले नुवाकोटका आम जनतामा पारेको प्रभाव, त्यसको रोकथाम ,नियन्त्रण र उपचारको लागि आबश्यक तयारी संग सम्बन्धित आईसोलेन र क्वारेन्टाइन वार्डहरुको निर्माण, ओषधी उपकरण र अन्य स्वास्थ्य सामाग्री , स्वास्थ्यकर्मीहरुको उपलब्धताको अवस्था , स्वास्थ्यकर्मीहरुको सुरक्षा संग सम्बन्धित सामाग्रीहरुको अवस्था , बिदेश र जिल्ला बाहिरबाट घर फर्कनेहरुको संख्या र तीनका स्वास्थ्य स्थिति,दैनिक ज्यालादारी एवम् विपन्न समुदायका दैनिकी गुजारा सम्बन्धि अवस्था , विपन्न समुदायलाई वितरण गर्ने भनिएको राहत सम्बन्धि मापदण्ड र त्यसको लागि स्थानीय निकायहरुले लगत संकलन सम्बन्धि कामको प्रगति विवरण लगायतका बिषयहरुमा अध्ययन तथा छलफल पनि गरिएको थियोे । भ्रमणको बीचमा सम्बन्धित गाउँ पालिकाका प्रमुख एवम् अन्य जनप्रतिनिधिहरु,प्रमुख प्रशासकीय अधिकृत र स्वास्थ्यकर्मी तथा स्थानीय तहका कर्मचारीहरु संग अन्तरक्रियात्मक छलफल भएको थियो।

सासंद माननीय बद्री मैनाली विगत लामो समयदेखि सामाजिक क्षेत्रमा सक्रिय रहेर विभिन्न सिर्जनात्मक कार्य गर्दैआएका छन्।
प्रकाशन मिति–२०७६ साल चैत २५ गते मंगलबार

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु