• कोभिड१९: जिबनमा केही छुटे कि ?

    न्यूजलाईन्स् मिडिया संवाददाता
    प्रकाशित मिति : २६ चैत्र २०७६, बुधबार ०९:०५

    लक्ष्मी राना काठमाडौं ।
    कोभिड१९: जिबनमा केही छुटे कि?
    गजब छ हजुर !
    यतिबेलाको कुरा गर्नु हन्छ भने बिश्वमा आज अरु देश जस्तै नेपाल पनि लकडाउनमा छ, यति खेरका मान्छेहरु खुब फुर्सदिला भएका छन् अनि लगाब मान्छेको यहाँ सबै भन्दा बढी म जस्तै हरेक समय “कोरोना भाइरस अपडेट टेबल” हेर्ने र सामाजिक सन्जालमा आक्टिभ हुने, अनि कुरा अर्को आयो खाने कुरा खाने कुराको कुरै नगरम भो! हरेक दिन मेरो साथीको नयाँ नयाँ खानेकुराको फोटो अपडेट अनि टिप्सको भिडियोले दिन गैराछ अनि अर्को तितो सत्य त बाकी नै छ
    फेसबुकमा पुराना फोटोहरु खोजी खोजी अपलोड गर्नुको मजा !
    बस कटेका छन् दिनहरू, हिजो सम्म आफ्नो लागि दिन नहुनेको लागि यो लकडाउनले दिएको छ अझ भनौं
    आफ्नो र आफ्नो स्वास्थको लागि सबै भन्दा महत्त्वपूर्ण समय अहिले भएको छ, मर्नु पर्छ थाहा छ तर मर्न डर लाग्छ, मानौं सजिलो जीवन शैली अनि लोभ लालचको अन्त्य ।
    अब कुरा गरम तिनै सामाजिक सन्जालमा देखिएका फेसबुक स्टाटस र व्यंग्यात्मक शब्दहरु ती सबै शब्दहरुमा एउटि महिलाको सबै भन्दा बढी आलोचित शब्दहरु, मेरो मानसपटलमा झट्ट एउटा शब्दले छोको थियो ” अबको ९ महिनामा नेपालको जनसंख्या बढ्ने सम्भावना भन्दै एउटि महिलाको फोटो राखेर मजाक बनाएको स्टाटस, अनि अर्को पार्लर बन्द भए पछि महिलाहरु कुरुप देखिए” अनि कमेन्ट थिए त्यहाँ पुरुष मानसिकताको चलखेल, अरे के भुझ्छौ तिमी ? ९ महिना पछिको जनसंख्या बढाउने हात महिला एउटैको हुन्छ र? यो भन्दा दरिद्र मानसिकता मैले कहि भेटेकी छैन, देख्न सक्छन् तिनै दरिद्र मानसिकता भएका पुरुषले गाउँका ती बुढा बा आमालाई जसले ब्युटिपार्लर भन्ने नाम र काम आज सम्म सुन्नु भएको छैन उहाँहरु नै आज बिश्व सुन्दरिको नाममा कहलिएका छन् तिमीले बुझ्छौ कहिले समाज?? महिलामा हुने मजाकलाई, यो बुझिएन कि महिला पनि मान्छे हुन् उनिहरुमा पनि हुमन सेन्स छ भन्ने बस महिलाहरुको समस्या उस्तै छन् आज पनि ।
    आज बिश्व कोरोनामा आतंकित छ, मान्छेहरु सक्रमित हुने र मर्ने बढिरहेको छ, अती आवश्यक सामानको आभाबमा तड्पिरहेका छन् शहर गाउँ सुनसान छ अनि रात दिन खट्ने ती नेपाल पुलिस र डाक्टर शान्ती सुरक्षामा खटिरहेका छन् त्यै पनि हामी मूर्ख जनता लकडाउनमा नेपाल पुलिसलाई नै चक्मा दिदै दौडन्छ
    तिनीहरुले हाम्रो भलाईका लागि खटिएका हुन् भन्ने मानसिकता हामीमा नभएको देखेर मन चस्किन्छ हजुर !

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु