डरको पनि सिमाना हुनुपर्ने हो
सिमाहीन त्रास
मरिन्छ की भन्ने यो कस्तो डर
धन्न जिन्दगी
(१)
कहिले भयमुक्त हुन्छ मान्छे
कहिले वसन्त संग रमाउन पाउँछ
कहिले देखी चराजस्तै उड्छ मान्छे
कहिले देखी निस्फिक्री हाँस्छ ?
(२)
म आफुलाई
ठूलो उद्येश्य नभएको
इच्छा र आकांक्षा नभएको
मृत्यू अवश्यंभावि छ
यो संड मलाइ कुनै डर छैन भन्थें
अहिले यसैको त्रासमा हल्लिएको छु
मात्र अकालमृत्यूको भयले
(३)
अन्धकार
निस्पट्ट अँध्यारो
संसारदेखी टाढा
साथिसंगी,आफन्त विहीन
नित्तान्त एक्लो जिन्दगी वाँच्दैछु
मात्र अकालमृत्यूको भय ले
(४)
कैदी पनि एक्लै हुँदैन
यताउति डुल्छ
चौघेराभित्र गफ्फिन्छ
रमाउन सक्छ
म अहिले
कैदीको भन्दा पनि
गुज्रेको जिन्दगी बाँच्दै छु
मात्र अकालमृत्यूको भय ले
(५)
आफ्नो इच्छा पुरानहुँदै मृत्यूवरण गर्दा
प्रेतयोनीमा जान्छ रे मान्छे
लडेर,झुण्डिएर र डुवेर मरेपनि
प्रेत हुन्छ रे मान्छे
(६)
एक्लो भएपछि पनि
प्रेतजस्तै हुँदोरहेछ मान्छे
आफैँ संग रिसायो,
एक्लै खुसि भयो र रोयो
साह्रै डरायो मान्छे
मात्र अकालमृत्यूको भयले
(७)
जीवनदेखी टाढा
रिस–राग, छल–कपट र द्वेस–मोहदेखी
मुक्त भएपछि देवत्य प्रप्त हुन्छ रे
किन हुन्थ्यो र सबै मित्थ्य
डर हराएपछि झन् भ्रष्ट हुँदोरहेछ मान्छे
मात्र अकालमृत्यूको भयले
त्रसित हुँदोरहेछ मान्छे ।
जनार्दन अर्याल (बरिस्ठ फोटोपत्रकार)