आज मिति २०७८ साउन १८ गते, साेमवारको राशिफलमनास्लु वल्र्ड कलेजले कक्षा ११ मा विज्ञान संकायमा भर्ना हुने ३० जना विद्यार्थीलाई छात्रवृत्ति दिनेपछिल्लो २४ घण्टामा थप २,५६८ जनामा कोरोना भाइरस संक्रमण पुष्टिबालिका आश्रमका बालिकाहरुलाई क्यान्सर सचेतना कायक्रम सम्पन्नलायन्स क्लब काठमाडौँ समर्पणद्धारा खाद्यान्न, पोशाक र शैक्षिक सामाग्री सहयोगआज मिति २०७८ साउन १७ गते, आइतवारको राशिफलपछिल्लो २४ घण्टामा ३,१०६ जनामा कोरोना भाइरस संक्रमण पुष्टिजोन चियरपर्सन लायन राजन श्रेष्ठको अध्यक्षतामा डिस्ट्रिक्ट गभर्नर सल्लाहकार समितिको पहिलो बैठक बुधबार सम्पन्नहेर्नुस् आज मिति २०७८ साउन १६ गते, शनिवारको राशिफलAmbassador SH.Shah called uponPrime minister Deuba
  • कोरोना रोकथामका सरकारका कदम अझ प्रभावकारी बनाइने

    न्यूजलाईन्स् मिडिया संवाददाता
    प्रकाशित मिति : २६ चैत्र २०७६, बुधबार १६:१२

    काठमाडौँ । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालयको मंगलबारको बैठकले कोरोना भाइरस नियन्त्रण, रोकथाम र उपचारका सम्बन्धमा सरकारले चालेका कदम र लिएका नीति सही नै रहेको उल्लेख गर्दै अझ प्रभाकारी रूपमा अघि बढ्न आवश्यक सुझाव दिएको छ ।

    प्रधानमन्त्री निवास बालुवाटारमा भएको बैठकमा सचिवालयका सदस्यले प्रस्तुत गरेका सुझावलाई अझ प्रभावकारी रूपमा कार्यान्वयन गर्न जोड दिएको र प्राप्त सुझावलाई आवश्यकताका आधारमा कार्यान्वयनमा ध्यान दिनेगरी प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीले आश्वस्त पारेको सो पार्टीका प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।

    पार्टी अध्यक्ष ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को संयुक्त अध्यक्षतामा सम्पन्न बैठकको प्रारम्भमा प्रधानमन्त्री ओलीले कोभिड १९ को रोकथाम, नियन्त्रण र उपचारमा सरकार र राज्यका विभिन्न निकायले गरेका प्रयास र हासिल भएका उपलब्धीबारे विस्तारपूर्वक जानकारी गराएका थिए ।

    बैठकमा सचिवालय सदस्य एवं उपप्रधानमन्त्री ईश्वर पोखरेलले सङ्क्रमणको समस्याले उत्पन्न स्थितिको सामना गर्न चालिएका कदम र गरिएको कामका बारेमा विस्तृत जानकारी गराएका थिए ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु