शिक्षा विधेयकको विरोधमा शुक्रबार तेस्रो दिन पनि शिक्षकहरुले प्रदर्शन जारीअबदेखि भाइबरबाट पनि बससेवाको अनलाइन बस टिकट काट्न सकिनेविश्व विद्यालय दूध दिवसको अवसरमा कविता प्रतियोगिता गराइने "NeBA and Li-Ning Company Host Farewell for Women's 3x3 Basketball Teamआश्विन ५ गते शुक्रबार : यस्तो छ तपाईंको आजको राशिफलसनातन हिन्दु धर्मको रक्षागर्नु हाम्रो जिम्मेवारी हो : रामबाबाप्रोलिफिक स्कुलको आयोजनामा छात्र फुटसल प्रतियोगिता २०८० को पुरस्कार बितरणभोट गर्न सबैमा गणेश श्रेष्ठको अनुरोधअसोज १० गतेदेखि फर्निचर एक्स्पो सुरु हुँदै, आर्थिक कृयाकलाप चलायमान बनाउने अपेक्षानिक्षेप तथा कर्जा सुरक्षा कोर्षको भूमिका महत्वपूर्णः अर्थमन्त्री डा. महत

सांसद आलेले आफ्नै खर्चमा लाखौंका स्वास्थ्य सामग्री डोटी पठाए

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७६ चैत्र २६ गते, बुधबार १८:२२

काठमाडौं । डोटी १ बाट निर्वाचित नेकपाका सांसद प्रेमबहादुर आलेले आफ्नै खर्चमा जिल्लामा स्वास्थ्य सामग्री पठाएका छन् । स्वास्थ्य सामग्रीको अभावमा कोरोना भाइरस परीक्षण गर्न समस्या भएकाले आलेले आफ्नै खर्चमा आज हेलिकोप्टरमार्फत जिल्लामा सामग्री पठाएका हुन् ।

सांसद आलेले जिल्लामा स्वास्थ्य सामग्री पुगेपछि कोरोना भाइरसको उपचार र परीक्षणमा सहज हुने विश्वास लिएका छन् । उनले २ सय वटा सेनिटाइजर, १ सय थान पीपीई सेट, गमबुट ३५ जाृेडी, ग्लोब्स १२ सय प्रति, मास्क १२ सय वटा, साइरेक्स पाउडर ३० बोतल, हेड क्याप १ हजार थान, स्वाब परीक्षण गर्ने भीटीएम् ३ सय ५ थानलगातका अत्यावश्यक सामग्री पठाएका हुन् । प्रमुख जिल्ला अधिकारी टेकनारायण पौडेललाई सांसद आलेले उपलव्ध गराएका सामग्री जिल्ला स्वास्थ्य अधिकृत रमेश मलासीले पाइसकेका छन् । जिल्लाका विभिन्न ठाउँमा स्वास्थ्य केन्द्र स्थापना गरी नागरिकको स्वास्थ्य परीक्षण गर्न सहज हुने सांसद आलेले बताए ।

विशेषगरी भारतबाट आएका नागरिकमा स्वाव परीक्षण हुने र आवश्यकता अनुसार अन्यलाई पनि परीक्षण गरी उपचारमा सहज हुने उनको विश्वास छ । कोरोना भाइरसको संक्रमण फैलन नदिन जनप्रतिनिधिको हैसियतले आफ्नो तर्फबाट केही पहल गरेको सांसद आलेको भनाई छ । उनले संघका विभिन्न मन्त्रालयका साथै, प्रदेशका मन्त्रालय र स्थानीय तहसँग पनि समन्वय भइरहेको जनाए । आलेले जिल्लाको विकासका लागि संघबाट धेरै योजनाहरु पनि पारिसकेका छन् । उनी आफू जनताको प्रतिनिधि भएकाले सबै समय जनता र देशको विकासमा खर्चने विश्वास दिलाउँछन् । उनी २०७० सालको संविधानसभाको निर्वाचनमा पनि डोटीबाट निर्वाचित भएका थिए ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु