• कोरोनाभाइरस रोग शहरिया जीवनको उपज हो –सेफ लक्ष्मन प्रसाद भण्डारी

    न्यूजलाईन्स् मिडिया संवाददाता
    प्रकाशित मिति : २७ चैत्र २०७६, बिहीबार १३:४६

    विश्वभर महामारीको रुपमा फैलिरहेको महारोग कोरोनाभाइरस रोग शहरिया जीवनको उपज हो। शहरीया जीवनको नाममा जथाभावी जस्तोसुकै खाना खान थालेको कारण पनि यो रोगले महामारी लिएको हो। अझ भन्नुपर्दा काँचो पद्धार्थ धेरै खाने देशका मानिसमा यो रोगले बढी गाँजेको पाइन्छ। मानव सभ्यताको शुरुवातीलाई हेर्ने हो भने, मानव सभ्यता जंगलवाट भएको हो। त्यसपछि गाउंले जीवन नै हो। जस्तो आदिवासी जनजाती राउटेहरुको सभ्यता गाउँले नै हो। गाउंको जीवन प्राकृतिक देन नै हो। जुन जीवनमा खासै रोग भने लागेको हुंदैन। राउटे जीवनमा रोग लागेको भन्ने खासै थाहा भएको छैन्। संसारमा अझै पनि यस्तो समुदाय छ– जो बाहिरी दुनियासंग घुलमिल हुन चाहदैनन् । जो दक्षिण अमेरिका, अफ्रिका र केही एशियाली मुलकु पनि छन्। त्यसमा नेपालका राउटे चेपांग जतिहरु जो बाहिरी दुनियासँग आउन पनि चाहदैनन्। र बाहिरकालाई आफ्नो भूमिमा छिर्न पनि दिदैनन् । जुन उनीहरुको गौरबता तथा पहिचान हो। गाउंले अर्गानिक जीवनमा उनीहरु रमाइरहेका छन्। यस्तो जीवनमा कोरोनाभाइरस जस्तो महामारीले हम्मेसी छुन सक्दैनन्।
    सन् १९८० तिर पेरुमा रहेका नहुवा समुदाय, जो बाहिरी दुनियासँग सम्पर्क राख्दैनन् उनीहरुको बसोबास रहेको जंगलमा बाहिरी मानिसहरु काठ ब्यापारकालागि आए । तिनिहरुको सम्पर्कमा आउनसाथ रुघा खोकी, विभिन्न प्रकारका रोग सारेर गए । तथ्यांकले ६० प्रतिशत यस समुदायका सदस्यहरुले ज्यान गुमाउनुपरेको थियो ।(IWGIA report २०१०)
    यो एउटा उदाहरण मात्र हो ।
    जमानामा युरोपियन उपनिवेशबादीहरु जब अमेरिकामा पुगेका थिए त्याहाका आदिवासीहरुलाई दादुरा, टि।बी, प्लेग जस्ता सरुवारोगहरु सारेर ठुलो मानव क्षति भएको इतिहास छदैछन् । बास्तवमा अहिलेको आधुनिक दुनिया र दुनियाले गरेको विकास हरुले बास्तवमा यस्तै अनगिन्ती रोग ब्याधि हरु जन्माएको हो । कोरोना पनि त्यस भन्दा भिन्न छैन त्यसैको उपज हो । यो विश्वमा मानव सृजित महामारी हो प्राकृतिक दोहन को परिणाम हो ।
    हाम्रा राउटे आदिवासी जस्तै या हाम्रो पुरानो गाउले जीवन जस्ता एकान्त जंगल र ।नदिकिनारमा बस्नेहरुले , वाहिरि दुनियाका कसैसँग सम्पर्क नगर्ने हो भने या यदि शहरीयाहरु गाउँमा नपस्ने हो भने पक्कै कोरोनाबाट सुरक्षित हुनेछन् । अहिले हामी ले भुग्तेको भोल्युण्टरी आइसोलेसन भने को नही त्येही हो । कोरोना आफै आउँदैन यसलाई त मान्छेले ल्याउँछ यो सर्व विदित भैसकेको छ ।
    विकास विकास र आधुनिकता आधुनिकता के को लागि रु अहिले सुख छ तर चैन छैन ।
    चैन बिना को सुख को अर्थ रहदैन ।
    हामी आधुनिकता को नाम मा सभ्य हुने होड मा हाम्रो संश्कृतिक जीवनशैली लै भुलेका छौ

    अब समय आएको छ हाम्रा पुर्खा का कुरा हरुलाई कुरेती लागु गर्ने ।
    कोरोना बाट त्रस्त नहोउ, इम्यून सिस्टम बलियो भयो भने यसले केहि लछारो मर्दैन ।
    हाम्रै परम्परागत जडीबुटी, घरैमा प्रयोग हुने मरमसलाले इम्यून सिस्टम बढाउन मद्धत गर्छ ।तुलसी ,पुदिना ,मह ,अदुवा ,सुनकाउलि को पात दालचिनी छ्यापी ,लसुन को पात ,ज्वानो ,आलस, भागो ,कागती ,भोगटे हरु बाट नै इम्यून सिस्टम बलियो हुन्छ । हाम्रा आफ्नै पुर्खौली या पुरातन ज्ञान मा आधारित खानेकुरा र औषधीहरु के के छन त्यसलाई उपयोग गरौं ।ज्वरो खोकी लाग्दा आमा , हजुर आमाले बनाइदिने औषधी जसले हामी बच्चा हुँदा ज्वरो खोकी च्वाटेै हुन्थ्यो, त्यस्को सम्झना गरौ ।यो बेला हो हाम्रा पुर्खा हरुले अर्जेका ज्ञान को खोजिनीति गर्ने । विज्ञानको अनुसार मानिस स्वास्थ्य हुन शारिरीक र मानसिक स्वास्थ हुनुपर्छ तर हाम्रो संस्कृति अनुसार एउटा मानिस पूर्ण स्वास्थ्य हुन ५ किसिम कुरामा संतुलित हुनु आवश्य छ । शारिरीक स्वाथ्यता ९२० मानसीक स्वाथ्यता ९३० भावनात्मक स्वाथ्यता ९४० आध्यात्मिक स्वाथ्यता

    ९५० बैचारिक स्वाथ्यता ।
    हामी धेरै टाडा जानु पर्दैन हाम्रा राईलिम्बु किरात समाज मै जाऊ र हेरौ उहा हरुको मुन्धुम मा (मुन्धुम लिम्बु भाषा मा शक्ति को महान शक्ति) वा संस्कारमा रोग ब्याधी लाग्दा या केहि पुजा अनुष्ठान गर्दा घर भित्र भएकाहरु लाई भित्र(बाहिर गर्न नदिने र घर बाहिरबाट आउनेहरु लाई प्रवेश गर्न नदिने साम्माङ सिक्छिङ अर्थात् घरको देउता रिसाउँछ भन्ने रहेछ ।
    यसको अर्थ के हुन्छ, भने घरमा बस्नेहरु आइसोलेसनमा बसे सरह हो आइसोलेसनमा बस्दा र्औषधी र उपचार लाग्छ वा रोग अझ बढेर जादैन । तर हामी अतित लाई पाखे भन्छौ, आज हेरौ त को पाखे रहेछ रु जनवार हरु ले कहिल्लै प्रक्रित्क दोहन गरेनन उनि हरु स्वतन्त्र छन् । उनीहरुलाई कहिल्लै रोग लागेन ,रोग लाग्यो त हाम्रा घरपालुवा कुखुरा र सुगुर मा बर्ड फ्लु ,स्वेनफ्लु भनेर
    त्यसैले प्राकृतिक हुन सिकौ , आधुनिकता को नाम मा अस्वश्थ नहोउ गाऊ फर्कौ ,नमस्कार गरौ,।
    हाम्रा पूर्वज किन सुखी थिए यो मनन गरौ
    हामी जंगल पसौ भन्न खोजेको पनि होइन विकास को संग सगै यो पनि हेक्का राखौ कि प्राकृतिक सम्पदा नै हाम्रो स्वाश्थ्य र हाम्रो आराध्य देवता हुन् । हाम्रा पुर्खा ले दिएको बाटो र ज्ञान नै हाम्रो धरातल हो ।

    तल का कविता बाट हाम्रा पुर्खा किन सुखिथिए भन्ने एक झलक

    भकारीमा धान हुन्थ्यो र थुन्सी भरि कोदो ,
    बोराभरी नुन हुन्थ्यो, हर्पे भरि खुदो ।
    बारीभरी लटरम्मै तरकारी फल फुल
    मुदुसभरि मसला मिश्री डल्लै हुन्थ्यो गुड

    गोठमा दुइटा भैँसी हुन्थे बाह्रैमास दुध
    मोहिपारेर धुप हाल्दा घरै हुन्थ्यो सुद्ध
    आफ्नो घर को आगो बाल्न औल्टो पल्लो घरको
    नुन सकिएर पैचो मागेको अझै अउछ झल्को ।

    साग कुटेर अमिल्याई सुकाई गुन्द्रुक हुन्थ्यो
    मुला फर्सी सागपात कुटी गाडी सिन्की पर्थ्यो ।
    मुला काउली चाना सुकाई साधी बर्खा लाई
    जोगो गर्थे आफ्नै चिजलाई किन्न नगई कतै ।

    तेल को लागि केको दुख, हुन्थ्यो बारीमा तोरी
    पखेरा मा गइ हेर्दा , घ्यु लाई हुन्थ्यो चिउरी
    अझ हेरौ हर्पे र चौठी कसलाई पो थाहा छ
    मदानी र नेती भन्ने कसलाई कति थाहा छ रु

    गहते बोडी झिलंगे ले हाम्रो दाल लाई टार्थ्येउ
    कार्तिक लागे छि मास काट्न खेतको दिलमा झर्थ्येउ ।
    खोकी लाग्दा तुलसी मह अदुवा को मिलन हुन्थ्यो
    ग्यास्ट्रिक हुदा डिलको पुदिना ले बिरेनुनको साथ पाउथ्यो ।

    सिलौटोमा मसला पिस्दा आमा दरि हुन्थिन
    मोही पार्दा घार्रघुर्र हजुर बुबा दरा हुन्थे ।
    ( लेखक –ग्लोबल नेप्लिज सेफ फेडेरेशन का कार्यकारी प्रमुख हुनुहुन्छ )

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु