हामी अर्को पार्टी निर्माण गर्छौं, ६ वटा मन्त्रालय लिएर सरकारमा सहभागी हुन्छौं ः मेटमणि चौधरी (भिडिओसहित)एनआरएन अष्ट्रेलियाको अध्यक्षमा नन्द गुरुङको पल्ला भारी, आगामी कार्यकालका लागि अध्यक्षमा गुरुङ र रेग्मी प्रतिस्पर्धामापछिल्लो २४ घण्टामा ३ हजार ६११ जनामा कोरोना भाइरस संक्रमण पुष्टिएनआरएनए अस्ट्रेलियाको चुनाबमा एनएसडब्लुको प्रदेश सहसचिव पदमा जोशीको उमेदवारीदमौलीमा सञ्चालनमा आयो ‘लमजुङ सिद्धार्थ होटल एण्ड लज’हेर्नुस् आज के छ देशभरिको मौसम पूर्वानुमानदैब नी बोल्यो पापी होस् भनेरजुडो टोली स्विट्जरल्यान्ड जानेआज मिति २०७८ साउन १५ गते, शुक्रवारको राशिफल
  • वर्दियाका युवा धामीले अलपत्र परेकालाई काठमाडौंमा राहत बाँडे

    न्यूजलाईन्स् मिडिया संवाददाता
    प्रकाशित मिति : २७ चैत्र २०७६, बिहीबार १७:२३

    काठमाडौं । वर्दियाको गेरुवा गाउँपालिकाका जनकबहादुर धामीले जिल्लाको राजापुर नगरपालिका र गेरुवा गाउँपालिकाबाट काठमाडौं आई बसेकालाई राहत वितरण गरेका छन् ।

    काठमाडौंमा आई मजदुरी गर्ने, अध्ययनका लागि डेरा गरी बसेकासहित अन्य अलपत्र परेकालाई धामीसहित मोहनराज जोशी, पुरन रोकाया, प्रेम माझीलगायतको सक्रियतामा चामल वितरण गरिएको युवा व्यवसायी धामीले बताए । जिल्लाका मानिसहरुलाई समस्या परेपछि थोरै भएपनि राहत पुगोस् भनेर सहयोग गरेको उनको भनाई छ । दुई स्थानीय तहका झण्डै ५० जनाले राहत पाएपछि दैनिक जीविकामा सहज भएको पीडितहरुले बताए । राहत पाउनेमा विशेषगरी थारु र चौधरी छन् ।

    धामीले कोरोना भाइरस नियन्त्रण र रोकथामका लागि गाउँपालिकाको राहत कोषमा एक लाख एक हजार रुपैंया उपलव्ध गराएका छन् । धामीले गाउँघरमा अप्ठेरो परेका बेला व्यक्तिगत रुपले विभिन्न प्रकारका सहयोग गर्दै आएका छन् ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु