दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल⚡पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

सबैको लागि उदाहरण बन्दै आशुसेन फिल्मस समुह लकडाउनमा रक्तदान

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७६ चैत्र २७ गते, बिहीबार १७:२८

काठमाडौं २७ चैत
कोरोना भाइरस(कोभीड -१९)का कारण बिश्व नै अक्रान्त भएको बेला नेपालमा पनि ९ जना संक्रमित फेला परिसकेका छन्। नेपाल अहिले लकडाउनको अवस्थामा छ। देश नै अस्तव्यस्त छ। अस्पतालको बिरामीको चाप बढदो छ। अन्य दिन जस्तो लकडाउनका कारण रगतको भण्डारण हुन सकेको छैन। रगतको अभाव हुन् नदिन आशुसेन फिल्मस् ले आज बसुन्धाराको गृिन सिटि अस्पतालमा रेडक्रसको समन्वयमा रक्तदान कार्यक्रमको आयोजना गरिएको थियो ।

आयोजित रक्तदान कार्यक्रममा आशुसेन फिल्मस् का निर्देशक संतोष सेन,चलचित्र प्रेम-३ का नायिका क्रिस्टिना गुरुङ,नायक प्रदिप खडका,मनिष राउत,गायिका प्रवीषा अधिकारी,गायक प्रताप दास लगाएत प्रेम गित -३ चलचित्र युनिट को उपस्थित रहेको थियो ।

रक्तदान कार्यक्रममा चालीस पाउन्ड रगत संकलन भएको थियो। कार्यक्रम बारे जानकारी गराउदै निर्देशक संतोष सेनले कोरोना ( कोभीड -१९) को कारण विश्वलाई जटिल बनाएको छ .. त्यसको जटिल असर अन्य रोग संग लडिरहेका बिरामीहरुमा पर्न थालेको र त्यसको मुख्य कारण हो रगत बैंकमा रगतको अभाव अहिले लागु गरिएको ‘लकडाउन’ को कारण यो समय रक्तदान गर्न असम्भव जस्तै छ। सरकारले गरेको बन्दाबन्दी लाई मध्यनजर गर्दै हाम्रो “प्रेम गीत ३” परिवार का चालीस जनाले भिड भाड् नगरी दुईदुई जना गरी पालैपालो गरेर रक्तदान गरेका हौ.. हामी ३५ देखी ४० जनाको रगतले नेपाल भरी रगत पुग्ने त होईन तर हामी हामी मिलेर एउटा समुह बनाएर पालो पालो रक्तदान गर्यो भने पक्कै पनि अन्य रोग बाट लडिरहेका बिरामीलाई जिवनदान मिल्नेछ।यो लक डाउनको अवधि अझै लम्बिए अवस्था समान्य नहुने हो भने दैनिक ज्यालादारी गर्ने मजदुरलाई हातमुख जोडन गारो पर्ने छ। हामीले छिटै नै दैनिक ज्यालादारी गर्ने मजदुरहरुको नजिक पुगेर वहाँहरु लाई राहत वितरण गर्ने छौं।

लकडाउन हुन् अगाबै आशुसेन फिल्मस् ले बसपार्कमा पुगि आफ्नो टिम सहित कोरोना भाइरस बारे जनचेतना कार्यक्रम र एघार हजार मास्क बितरण गरेको थियो।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु