बसन्त’का दुई कृति एकसाथमिसेस नेपाल वल्र्ड–२०२३ को टप २३ प्रतिष्पर्धी सार्वजनिक‘तस्वीरमा ज्येष्ठ नागरिक’ फोटो प्रदर्शनी (फोटो फिचर)हेर्नुहोस् आज मिति २०८० साल असोज १४ गते आइतबारको राशिफलगीति कविता : मैले तिमीसँग किनआईसीएमए नेपाल च्याप्टरद्वारा ६६ जना सीएमए डिग्री हासिल गरेका विद्यार्थी दिक्षीतसमाजबाट दुव्र्यसनलाई कसरी न्युनिकरण गर्न सकिन्छ भन्ने बिषयमा छलफलमाओवादी केन्द्रबाट बारपाक सुलिकोट गाउँपालिका स्तरीय रिटर्नी सेन्टर संगठन गठनप्रज्ञापारमिता स्थापनाको १३ औं बार्षिक उत्सवहाडजोर्नी तथा नसा रोगबारे लेखिएको ‘अर्थोपेडिक प्राक्टिस ईन नेपाल’ पुस्तक भविष्यमा सिद्धान्तको रुपमा विकास हुने डा. लामिछानेको दाबी

भोलि र पर्सि काठमाडौं उपत्यका छाड्न चाहनेलाई छुट दिन गरेको निर्णय रद्द

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७६ चैत्र २७ गते, बिहीबार १८:२८

काठमाडौ, २७ चैत्र । सरकारले भोलि र पर्सि काठमाडौं उपत्यका छाड्न चाहनेलाई छुट दिन गरेको निर्णय रद्द गरेको छ । सरकारले निर्णय गरेपनि सत्तारुढ दलका प्रभावशाली नेता देखि सरकारमा रहेकाको विरोध भएपछि निर्णय उल्टाएको हो ।
कोरोना रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिका संयोजक उपप्रधानमन्त्री ईश्वर पोखरेलको संयोजकत्वमा गठित समितिले छलफलमात्र गरिएको निर्णय नभएको जनाएको छ । निर्णय लगत्तै काठमाडौं छाड्न चाहनेमा खुशियाली छाएको थियो । तर, निर्णय उल्टिएपछि दुःखी भएका छन् ।

लकडाउनका कारण उपत्यकाभित्र अलपत्र परेकालाई सरकारले दुई दिन जान दिने व्यवस्था गरेको विषयलाई छलफल मात्र भनिएको छ । उपत्यकामा हजारौं मानिसहरु स्थायी बसोबासको स्थान जान खोजिरहेका थिए ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु