• क्यान्सर रोगले थला परेकी त्रिशुली तङ्ग्रदैछिन् आज

    न्यूजलाईन्स् मिडिया संवाददाता
    प्रकाशित मिति : २७ चैत्र २०७६, बिहीबार १९:३९

    डा.हरि कुमार श्रेष्ठ

    गजल
    क्यान्सर रोगले थला परेकी त्रिशुली तङ्ग्रदैछिन् आज ।
    सुस्वास्थ्यमा क्रमिक सुधार आएको दिन गन्दैछिन् आज ।।

    शक्ति आडमा रजाईँ गर्दै हाम्रो अस्मिता लुट्नेहरुलाई,
    कोरोना कहरले थला पार्दै छ रे नि भन्दैछिन् आज ।

    लोप भए कता फणा धस्दै चिथोर्ने गोमन साँपहरु,
    त्यसैले त फेरिई रुपरङ्ग सुन्दरी बन्दैछिन् आज ।

    उषा कीरण झुल्केदेखि गोधुली साँझसम्म निरन्तर,
    कीनारासँग अङ्कमाल गर्दै चुम्बनमा रम्दैछिन् आज ।

    बनाई सप्तरङ्गी बालीनाली सदा सिँचिदै हराभरा,
    खाद्य र पोषणको सुरक्षा गर्ने कुरा कहँदैछिन् आज ।

    आपराधिक लुटेराहरुको पञ्जाबाट सदा मुक्त भई,
    ऐशले जीउन सरकारसँग आग्रह गर्दैछिन् आज ।

    नागार्जुन १०, स्युचाटार, काठमाडौँ
    चैत्र २६, २०७६ (साँझ ६ः४५ बजे)

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु