आज असोज १२ गते शुक्रबार :कस्तो छ तपाईंको दिन ? हेर्नुस राशिफलनेपाल डेरी एसोसिएसनको २३ औं वार्षिक साधारणसभा धनगढीमा हुने ""नेपाल डेरी एसोसिएसनको टिमले बंगलादेशको भ्रमण""परदेशका नेपाली स्वदेशमा फर्कन चाहन्छन त ?"आज इन्द्रजात्रा, काठमाडौं उपत्यकामा सार्बजनिक बिदासस्तोमा श्रम बेच्न बाध्य नेपालीलाई उचित पारिश्रमिक दिलाउन सातै प्रदेशमा स्कील तथा भोकेशनल एजुकेशन सीपमूलक कार्यक्रमएसियाली खेलकुदफर्निचर फर्निसिङका उत्पादनको कुम्भ मेला ‘फर्नेक्स २०२३’ सुरु, एकै छानामुनी सयौं उत्पादनहेर्नुस् आज मिति २०८० साल असोज ११ गते बिहिबारको राशिफल२४ महिना २४ बाचा’ सार्वजनिक गर्दै एनआरएनए अध्यक्ष पदमा शर्माको उम्मेदवारी घोषणा

कांग्रेस नेता शाही एक्लैले बाँडे ७ हजार मास्क

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७६ चैत्र २७ गते, बिहीबार २०:४४

काठमाडौं । नेपाली कांग्रेस जुम्लाका युवा नेता लक्ष्मण शाहीले जिल्लामा ७ हजारभन्दा बढी मास्क वितरण गरेका छन् । जिल्लाका विभिन्न स्थानीय तह पुगेर उनले कोरोना भाइरस नियन्त्रणका लागि स्वास्थ्य सामग्री तथा खाद्यान्न सामग्री वितरण गरेका हुन् ।
उनले आज पातालखोला र कालिकाखेतु स्वास्थ्य चौकीलाई सेनिटाइजर, सर्जिकल मास्क, डिजिटल थर्मोमिटर र ग्लोव्स उपलव्ध गराएका छन् । त्यस्तै बड्की स्वास्थ्य चौकी र प्रहरी चौकीलाई पनि आवश्यक सामग्री दिएका हुन् । स्वास्थ्य चौकी र प्रहरी चौकीमा कार्यरतहरुको जीवन झन् बढी संकट भएकाले कामकाजमा सहज होस् भनेर सहयोग गरेको उनले जनाए । स्थानीय तहको निर्वाचनमा हिमा गाउँपालिकाको अध्यक्षको उम्मेदवार बनेका उनले क्वारान्टाइनमा बसेका तथा सर्वसाधारणका लागि राहत उपलव्ध गराएका छन् । उनले मानिसको दैनिक जीवन कष्टकर भएको भन्दै उनले आफ्नो तर्फबाट राहत प्रदान गरेको जनाएका छन् । उनले आफ्नो सहयोगबाट जनताको जनजीवन सहज होला भन्ने सोचेको बताए । उनले गाउँ जाँदा एकातिर सामाजिक चेतना जगाएका छन् भने अर्कोतिर आवश्यकता अनुसार राहत पनि बाँडेका छन् । उनले चैत्र ११ र १८ गते मास्क, सेनिटाइजर, साबुन, खाने तेल, चामललगायतका सामग्री बाँडेका छन् ।
उनले गाउँघरमा अप्ठेरो परेका बेला विभिन्न व्यक्ति र समुदायलाई आर्थिक तथा भौतिक सहयोग पनि गर्दै आएका छन् । उनले कोरोना भाइरस नियन्त्रणको लागि सरकारको भूमिका प्रभावकारी हुन नसकेको टिप्पणी गरेका छन् ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु