आगामी चैतसम्म तीन करोड मात्राभन्दा बढी कोरोना विरुद्धको खोप ल्याउने तयारीअसोज दोस्रो सातादेखि तेस्रो लहर आउन सक्ने प्रक्षेपणसुनको चुरा’ बोलको तिज गीत सार्वजनिकचाँडै नै श्रद्धा रोमान्टिक फिल्म ‘चालबाज इन लन्दन’ मा देखिनेसमाजवादी पार्टीको आधिकारिकता उपेन्द्र यादव पक्षलाईआज मिति २०७८ साउन १२ गते, मंगलवारको राशिफलमन्त्री कार्की समक्ष चेम्वर प्रतिनिधि मण्डलद्धारा सुझाव प्रस्तुत, कोरोना महामारीका कारण पहिलो क्षति निजी क्षेत्रले भोग्नु परेको प्रष्टोक्तीएनआरएनए एनसीसी यूएईको अध्यक्षमा कार्यबाहक अध्यक्ष निरन्जन सिलवालले उम्मेदवारी घोषणापछिल्लो घण्टामा देशैभरी ३,४२१ जना कोरोनाका नयाँ संक्रमित थपिएआयुषको'तिमी र म'मा ग्रेसी (भिडियो )
  • मान्छे अचेल!! देवु पराजुली

    न्यूजलाईन्स् मिडिया संवाददाता
    प्रकाशित मिति : २८ चैत्र २०७६, शुक्रबार १५:२९

    काठमाडौ ।
    मान्छे अचेल!!
    सुनसान छ मेरो वस्ति
    सुनसान छ सडक ,
    सुनसान छन ति पसल
    घर भित्रै छन् ग्राहक।
    अचेल मेरो टोलमा
    कुकुर भुक्न थालेको छ।
    चरा चिरविराउन थालेको छ
    सुनसान सडक किनारामा
    कमिलाको ताती हिड्न थालेको छ।
    बस्तियाँ ठुला रुख नभए पनि
    सडक किनारमा
    झार पलाउन थालेको छ।
    मेरो घर छउ मुजुराएको आपको फुलमा
    मौरी आउन थालेको छ।
    मैले गाउँ छाडे देखि
    कहिल्यै नसुनेको चराहरुको
    चिरविर गुन्जीन थालेको छ।
    मेरो वस्तिको शान्ति चिर्दै
    हुइकिने गाडीको आवाज सुनीन छाडेको छ।
    मस्त निन्द्रा बिथोल्दै
    आधारात सम्म बज्ने
    गित गुन्जीन छाडेको छ।
    वल्लो र पल्लो घरमा पनि
    मान्छे देखिन छाडेको छ।
    सुस्तरी हिड्ने र विस्तारै बोल्ने
    नबोली बरु मुस्कुराउने,
    माया लाग्दो अनुहार,
    निर्दोषी तर भयभीत व्यावहार
    कठै मान्छेहरु।।
    पहिले पहिले
    मेरो वस्तिमा मान्छेहरु मात्र थिए,
    मान्छेकै मात्र बोलबाल थियो।
    आधा रात सम्म नसुत्ने मान्छे
    एकाबिहानै कोलाहल गर्थे ।
    अचेल संसाझै निदाउछ मान्छे
    बिहान अबेर व्यूझिन्छ मान्छे।।
    म बिना संसार रोकिन्छ झै गर्ने उ
    आफुहरु बिना संसार चलिरहेको देखेर दंग छ मान्छे।
    गरिव भन्दा धनि थुनिएको छ,
    नहुने भन्दा हुने थन्किएको छ,
    लोभ र क्रोध छोडेर अब
    साच्चै मान्छे सुध्रिएको छ।
    दराजमा थन्किएका गहना कपडा
    बैंकमा थुप्रिएको धन
    मेरो जग्गा र जमिन
    सबै सबैबाट अलग्गीएको छ मान्छे ।।
    मेरो वाँ तेरो केहि नभनि
    परमधाम हुनबाट जोगीन चाहन्छ मान्छे।
    मर्नै छ एक दिन स्विकार मृत्यू
    अरुलाई यसो भन्दै ,
    आफु बाच्न चाहन्छ मान्छे।।
    आफु बाच्न चाहन्छ मान्छे।।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु