तेस्रो प्रयासमा सुदूरपश्चिमको सपना पूरा, बन्यो एनपीएल च्याम्पियन⚡दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल

ईश्वर अर्यालको नेतृत्वमा तारकेश्वरमा सुरु भयो साबुनपानीले हात धुने अभियान

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७६ चैत्र २८ गते, शुक्रबार २१:२८

विश्वव्यापी महाव्याधीका रूपमा फैलिएको कोरोना भाइरसको संक्रमणबाट बच्न नुवाकोटको तारकेश्वर गाउँपालिकामा मूलबाटोमै पानी ट्याङ्की राखेर हात धुन सिकाउने अभियान सुरु भएको छ । स्थानीय गोमादेवी मेघनाथ अर्याल स्मृति संस्थाले तारकेश्वर-६, भमराबाट यस्तो अभियान सुरु गरेको हो ।

संस्थाका अध्यक्ष ईश्वर अर्यालका अनुसार, गाउँवासीलाई साबुन पानीले हात धुन प्रोत्साहन गर्ने उद्देश्यले गाउँभरिकै ज्यादा चहलपहल हुने स्थान श्री भमरा आधारभूत विद्यालय छेउको सडक पेटीमा ट्याङ्की राखेर साबुनपानीले हात धुने व्यवस्था गरिएको हो । ‘आखिर यो भाइरसबाट बच्ने सर्वोत्तम उपाय साबुनपानीले हात धुनु नै रहेछ,’ हामीसँगको संक्षिप्त टेलिफोन संवादमा अध्यक्ष अर्यालले भने, ‘त्यसैले बालकदेखि वृद्धसम्म सबैलाई पटक-पटक हात धोइरहन प्रोत्साहन गर्ने हेतुले यो अभियानमा जुटेका हौं ।

लामो समय शिक्षण पेसामा बिताएका अर्याल वर्षौंदेखि समाजसेवाका काममा सक्रिय छन् । गाउँको शिक्षा, खानेपानी, सरसफाइ लगायत क्षेत्रको विकासमा उनको उल्लेख्य योगदान रहेको स्थानीयहरू बताउँछन् ।

यतिखेर संस्थाका स्वयंसेवकहरू स्थानीय वृद्धवृद्धालाई हात धुन सिकाइरहेका छन् । संस्थाले साबुनपानीले हात धुनुका अतिरिक्त व्यक्तिगत सरसफाइका अन्य तौर-तरिकाबारे पनि सचेतना जगाइरहेको छ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु