तेस्रो प्रयासमा सुदूरपश्चिमको सपना पूरा, बन्यो एनपीएल च्याम्पियन⚡दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल

लकडाउनमा महान मानवसेवामा नविना खड्का

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७६ चैत्र २८ गते, शुक्रबार २२:०७

काठमाडौं। विश्वभर महामारीको रुपमा फैलिरहेको कोरोनाभाइरस संक्रमणका कारण नेपालमा लकडाउन जारी रहेको छ। लकडाउनको कारण जनजीवन कठिन तथा असहज बन्दैगैरहेको अवस्थामा त्यसलाई सहजिकरण गर्ने र गराउने कार्यमा सामाजिक अभियन्ताहरुको विशेष पहल पनि देखिएको छ। यसक्रममा काठमाडौं महानगरपालिका वडा नंबर ४ बालुवाटार स्थित कीर्तनचोकमा बसोवास गर्दैआएकी सामाजिक अभियन्ता नविना खड्काको सामाजिक अभियानले पनि तिब्रता पाएको छ। पेशाले महिला ट्याक्सी चालक तथा मदिरा व्यवसायी रहेकी नविना खड्काले विशेषत यो लकडाउनको अवस्थामा कसैलाई विपद परेमा ट्याक्सी सेवा दिने गरेकी छन्। आपतकालिन अवस्थामा अस्पताल जानुपर्ने विरामीहरुलाई पहिलो प्राथमिकताका साथ ट्याक्सी सेवा प्रदान गर्दैआएकी छन्। विपदको यो बेला अत्यन्त विपन्न वर्गलाई निःशुल्क सेवा दिदैआएकी नविना खड्काले अति विपन्नहरुलाई सक्दो राहत दिने कार्य पनि गरेकी छन्। मरेर लानु केही छैन्–बाँचुञ्जेलीका लागि हो भन्ने मूलमन्त्रलाई आत्मसात गर्दै तीन बर्षअघिवाट महिला ट्याक्सी चालक बनेकी नविना खड्काले महाभूकम्पदेखि लकडाउनसम्म पनि सक्दो सहयोग र सेवा दिने कार्य गर्दैआएकी छन्। यदि तपाई काठमाडौंमा हुनुहुन्छ र आपतकालिन अवस्थामा अस्पताल जानुछ भने, नविना खड्काको ट्याक्सी सेवा लिन सक्नु हुन्छ। संपर्क फोन नंबर–9841552858

हेर्नुस् भिडियो

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु