साराले दिएको एक साझा नाम हो पागल
मुस्कुराउन पनि ओठहरु मुस्कान नपाउने पागल
दुनियाँको अपहेलना पाई गन्तव्यमा कुदिरहेको छु
माया र प्रेमको संसारबाट धेरै टाढा रहेर रुदै बसेको
एक आफ्नो गन्तव्यमा चल्दै रुने एक पागल हु म
मेरो गन्तव्य कहिले कहाँ गएर रोकिन्छ थाहा छैन
म अध्यारोकोठामा एक्लै कागज कोरिरहन्छु
रुदै आफ्नो भावनाहरु कोरिरहन्छु ।
तर मेरो गन्तव्य कहाँ छ आफैलाई थाहा छैन
कहिले दैव मलाई मारिदे भनेर प्राथना गर्छु
मान्छेले नसुनेको यो वेदना दैवले पनि सुनेन भनी रुन्छु
तर जति रुहेपनी मेरा हरेक गन्तव्यमा पाइला चलेको हुन्छ
म हरेक काममा गहिरिएर सोच्छु त्यसैले पनि पागल कहलिन्छु
तर जति नै अगि बढेको भएनी पागलले सधै नै धोका र विश्वास घात नै रहनेछ ।।
शीर्षक : पागल
विधा : कविता
लेखक : उमेश थपलिया