तेस्रो प्रयासमा सुदूरपश्चिमको सपना पूरा, बन्यो एनपीएल च्याम्पियन⚡दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल

कोभिड–१९ भाइरसका कारणबाट विश्वभर हालसम्म मृत्यु हुनेको संख्या १ लाख नाघेयो

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७६ चैत्र २९ गते, शनिबार ९:३१

काठमाडौं, २९ चैत्र । चीनको वुहानबाट फैलिएको नोवेल कोरोना (कोभिड–१९) भाइरसका कारणबाट विश्वभर हालसम्म मृत्यु हुनेको संख्या १ लाख नाघेको छ । विश्वभर हालसम्म कुल १ लाख २ हजार ६४२ जनाको मृत्यु भएको पुष्टि भएको छ । विश्व स्वास्थ्य संगठनले विश्वव्यापी महामारी घोषणा गरेको कोरोना भाइरसका कारण अहिलेसम्म कुल १६ लाख ९६ हजार ८६० जना संक्रमित भएको पुष्टि भएको छ । यस्तै, कोरोना भाइरस संक्रमित मध्ये ३ लाख ७६ हजार १०५ जना उपचारपछि घर फर्किएका छन् ।

कोरोनाको संक्रमणबाट अहिलेसम्म इटालीमा १८ हजार ८४९ जनाको मृत्यु भएको छ । यसैगरी अमेरिका १८ हजार ६८६ जना, स्पेनमा १६ हजार ०८१ जना, फ्रान्समा १३ हजार १९७ जना, चीनमा ३ हजार ३३६ जना र जर्मनीमा २ हजार ७६७ जनाको मृत्यु भएको छ । हालसम्ममा कोरोना भाइरसका कारणबाट अमेरिकामा विश्वकै सबैभन्दा बढी संक्रमित देखिएका छन् । अमेरिकापछि स्पेनमा बढि संक्रमित देखिएको छ ।

अहिलेसम्म स्पेनमा १ लाख ५८ हजार २७३ जनामा संक्रमण देखिएको छ भने इटालीमा १ लाख ४७ हजार ५७७ जनामा संक्रमण देखिएको छ । यसैगरी, जर्मनीमा १ लाख २२ हजार १७१, फ्रान्समा १ लाख २४ हजार ८६९ र चीनमा ८१ हजार ९०७ जनामा संक्रमण देखिएको छ ।

यस्तै, चीनमा ७७ हजार ४५५ जना उपचारपछि घर फर्किएका छन् । यसैगरी, जर्मनीमा ५३ हजार ९१३ जना, स्पेनमा ५५ हजार ६६८ जना, इटालीमा ३० हजार ४५५ जना, अमेरिकामा २७ हजार २३९ जना र फ्रान्समा २४ हजार ९३२ जना उपचारपछि घर फर्किएका छन् । चीनबाट सुरु भएको कोभिड–१९ अर्थात् कोरोनाभाइरसको संक्रमण नियन्त्रण गर्न सबै देशले विभिन्न उपाय अपनाएका छन् । तर उक्त संक्रमण र त्यसबाट हुने मृत्यु रोकिएको छैन् ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु