शिक्षा विधेयकको विरोधमा शुक्रबार तेस्रो दिन पनि शिक्षकहरुले प्रदर्शन जारीअबदेखि भाइबरबाट पनि बससेवाको अनलाइन बस टिकट काट्न सकिनेविश्व विद्यालय दूध दिवसको अवसरमा कविता प्रतियोगिता गराइने "NeBA and Li-Ning Company Host Farewell for Women's 3x3 Basketball Teamआश्विन ५ गते शुक्रबार : यस्तो छ तपाईंको आजको राशिफलसनातन हिन्दु धर्मको रक्षागर्नु हाम्रो जिम्मेवारी हो : रामबाबाप्रोलिफिक स्कुलको आयोजनामा छात्र फुटसल प्रतियोगिता २०८० को पुरस्कार बितरणभोट गर्न सबैमा गणेश श्रेष्ठको अनुरोधअसोज १० गतेदेखि फर्निचर एक्स्पो सुरु हुँदै, आर्थिक कृयाकलाप चलायमान बनाउने अपेक्षानिक्षेप तथा कर्जा सुरक्षा कोर्षको भूमिका महत्वपूर्णः अर्थमन्त्री डा. महत

अस्ट्रेलियामा कोरोना भाइरस संक्रमित सबै नेपाली निको

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७६ चैत्र २९ गते, शनिबार १५:१६

काठमाडौं । अस्ट्रेलियामा कोरोना भाइरस संक्रमित सबै नेपाली निको भएको त्यहाँस्थित नेपाली दूतावासले जनाएको छ ।

क्यानबेरामा रहेको नेपाली दूतावासका अनुसार अस्ट्रेलियामा आठजना नेपालीको कोरोना संक्रमण देखिएको थियो । दुई साताअघि सिड्नीका ४ विद्यार्थी र मेलबर्नका ३ जनामा संक्रमण देखिएको थियो । आफ्नै घरमा सेल्फ क्वारेन्टाइनमा बसिरहेका उनीहरुको अन्तिम रिपोर्ट नेगेटिभ आएको दूतावासले जनाएको छ ।

एकजना विद्यार्थी भने साता दिनअघि नै निको भएर फर्किसकेका थिए । अब कोरोना भाइरस देखिएका सबै नेपाली निको भएर आफ्नो दैनिकीमा फर्किसकेको दूतावासको भनाई छ ।

यता भारतमा एक नेपाली परिवारका आठ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । मुम्बईको गिरगाउँ चौपाटीमा बस्दै आएको नेपाली परिवारका आठ सदस्यमाकोभिड-१९ को संक्रमण देखिएको हो ।

सुदूरपश्चिमको अछाम मूल घर भएका उनीहरू कामको सिलसिलामा मुम्बईमा बस्दै आएका थिए । योसँगै भारतमा संक्रमित नेपालीको संख्या १२ पुगेको छ । एउटै परिवारका यति धेरै सदस्यमा संक्रमण देखिएको यो पहिलो घटना हो ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु