सौर्य एयरलाइन्सको जहाज दुर्घटना हुँदा १८ जनाको मृत्युदुर्घटनामा परेको जहाजमा सवार १९ जना नै सौर्य एयरलाइन्सका कर्मचारी रहेको पुष्टिमधेश प्रदेशमा शेखर समुह बाट जिवछी यादव राज्यमन्त्री बन्दैआजको मौसम : कहाँ-कहाँ छ आज भारी वर्षाको सम्भावना?तारकेश्वर नगरपालिकामा भोली देखि विशेष पोलियो खोप अभियान सुरु हुनेनेपाली पारा तेक्वान्दोलाई बिदाई तथा शुभकामना कार्यक्रमबागमती प्रदेशको मुख्यमन्त्रीमा बहादुरसिंह लामा नियुक्तहेर्नुस् आज साउन ८ गते मंगलबारको राशिफल१७ करोडको लागतमा निर्माण भएको तारकेश्वर नगरपालिकाको प्रशासनीक भबन उदघाटनविद्यार्थीहरुको मागप्रति आईक्यान जिम्मेवार नभएको भन्दै एनकासाद्वारा चरणवद्ध आन्दोलन घोषणा

अहिलेसम्म कोरोना संक्रमणको ४ हजार ४२६ नमुनाको परिक्षण सम्पन्न

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७६ चैत्र २९ गते, शनिबार १७:४८

काठमाडौँ । अहिलेसम्म कोरोना संक्रमणको ४ हजार ४२६ नमुनाको परिक्षण सम्पन्न भएको छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले नियमित मिडिया ब्रिफिङका क्रम सो जानकारी गराएका छन् ।

उनले नयाँ पोजेटिभ नदेखिएको उनले बताए । यसअघि पोजेटिभ देखिएका ८ जना अहिले उपचारत रहेको र उनीहरुको अवस्था सामान्य रहेको प्रवक्ता देवकोटाले बताएका छन् ।

त्यस्तै पछिल्लो २४ घण्टामा ८ सय ९७ जनाको नमुन परीक्षण भएको छ ।

प्रवक्ता देवकोटाका अनुसार केन्द्रीय प्रयोगशाला टेकुमा अहिलेसम्म ३ हजार ३९२ को नमुना परिक्षण भएको छ । टेकुमा पछिल्लो २४ घण्टामा ६०९ जनाको नमुना परिक्षण सम्पन्न भएको छ । त्यस्तै काठमाडौँ बाहिर अहिलेसम्म ७ सय ४२ जनाको नमुना परिक्षण भएको छ भने पछिल्लो २४ घण्टामा २८८ जनाको नमुना परिक्षण भएको उनले बताए ।

अहिले दैनिक ७ देखि ८ सयका दरले नमुना परिक्षण हुनथालेको प्रवक्ता देवकोटाले बताएका छन् ।

अहिले देशभर ८ हजार ८२ जना क्वारेन्टाइनमा रहेको र ८२ जना आइसोलेसनमा रहेका छन् ।

अहिले र्यापिड टेस्ट किट सातै प्रदेशका सबै जिल्लामा पुगेको बताउदै उनले सुदूरपश्चिमका सबै जिल्लामा टेस्ट गरिने बताए ।

प्रवक्ता देवकोटाले वीर अस्पताल र टेकुस्थित शुक्रराज अस्पतालमा पनि परिक्षण गरिने बताएका छन् ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु