दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल⚡पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

जिबेश र चिरञ्जीवीले ल्याए ´भाग कोराना`

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७६ चैत्र २९ गते, शनिबार २०:०२

काठमाडौं २९ चैत
विन्दास मिडिया नेटवर्क को प्रस्तुति एवम् निर्माणमा तयार भएको´ भाग कोरोना` नामक सचेतना मुलक गित सार्वजनिक भएको छ।

गितमा संचारकर्मी चिरञ्जीवी सापकोटाको शब्द र स्वर रहेको छ। नेपाली वेब सिरिजका लोकप्रिय कलाकार जिबेश गुरुङले यस गितको भिडियो लाई निर्देशन गरेका छन्। यस गितको संगित संयोजन बिपिन आचार्यले गरेका छन् भने यसको प्रोजेकट कोडिनेटर समीर नेपालले गरेका छन्। गितमा टेकेन्द्र साहको सम्पादन र छायांकन डम्बर राईको रहेको छ ।

गितमा चिरञ्जीवी सापकोटा र जिबेश गुरुङको मुख्य भुमिका रहेको छ भने रङ्गकर्मी एवम् कलाकार शिशिर भण्डारी,कलाकार दुर्गेश थापा,गायक टंक तिमल्सिना,चक्र बम,हास्य कलाकार उमेश राई ( फुलेन्द्रेकि आमा) को समेत अभिनय रहेको छ।

नयाँ पुस्ताले रुचाउने गरी र्‍याप शैलीमा तयार गरिएको यो गीतमा कोरोनाका भाइरसको संक्रमणबाट जोगिन लकडाउनमा बस्न परिरहेका आम स्रोतालाई मनोरञ्जनका साथै सन्देश दिन खोजिएको छ ।
सरकारले जारी गरेको लकडाउनको बेवास्ता गर्ने, परम्परावादी सोचबाट यसलाई भगाउने भन्दै विभिन्न कर्तुत गर्ने र लकडाउनको दूरुपयोग गरी अफवाह फैलाउन खोज्नेलाईसमेत गीतबाट ब्यंग्य गरिएको छ ।
साथै आम मानिसलाई नआत्तिन, सरकारको आग्रह मान्न र जतिसक्दो आफै सचेत हुँदा यस्तो संक्रमणबाट बच्न सकिन्छ भन्ने सन्देश प्रवाह गर्न यो गीतमार्फत् आग्रह गरिएको छ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु