लक्ष्मी राना काठमाडौं ।
अपांगता जीवन शैली :
केही दिन अघि नेपाल सरकारका महिला,बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयका मन्त्री माननिय पार्वत गुरुङ ज्यु ले एउटा शन्देश पठाउनु भयो “आजको सतर्कता भोलिको सुरक्षा, विपत्तिको बेला अपांगता भएका व्यक्ति उच्च जोखिममा रहने गर्दछन् त्यसैले याद राखौं:
१ आफ्नो घर वा छिमेकिमा कोहि अपांगता भएक व्यत्ती हुनुहुन्छ भने अझै संवेदनशील भइदिनुस् ।
२ उहाँहरुलाई कोरोना सक्रमणबाट जोगाइदिनुस् ।
३ बाकी कुरा हामी हेर्ने छौ ।
तर कहाँ छन्? के गर्दै छन् त ती अपांगता भएका व्यक्तिहरू? खाना पाइरहेका छन् कि छैनन्, ध्यानाकर्षण कता त? सहायक सामाग्री बिना एक पाइला पनि चाल्न नसक्ने ती अपांगता भएका व्यत्तिहरुको अवस्था कहाँ कस्तो छ भन्ने कुरा बुझ्ने कस्ले? अर्को खबर पनि पढे ” नागरिकता नभएका व्यत्तिले राहत पाएनन्…रे ! दु:खद खबर भएन र सरकार? यहाँ सुनैको शरीर र सुनैको आलिसान घर हुनेहरूलाई लाइनमा राखेर राहत बाडियो तर ती अपांगता भएका व्याक्त्ति र दिनभर ज़्याला मज़दूरी गर्नेलाई नागरिकता बिना राहत नदिने यो कहाँ को न्याय प्रणाली??? यति खेर सबै सहायक सामग्री उत्पादन गर्ने रिहाब सेन्टर बन्द छन् ,म सोच्छु यति खेर कति अपांगता भएका व्यत्तिहरुको सहायक सामग्री बिग्रीएको होला?
संसारमा दुख त तीनलाई छ जसलाई एक छाक खान र एक पाइला चाल्न कठिन छ, स्वास्थको त कुरै नगरौ आज बिश्व अस्पताल भन्दा घर भित्र हुन्छन् बिश्वास यहाँ अस्पताल भन्दा घरमा ठान्छन्, किन त ? तर घर भित्र पनि शान्त छैन, शान्त हुन घर भित्र पनि त आधार हुनु पर्यो नि हरेक दिन स्वास्थ माथी चलखेलको समचारले मन छियाछिया हुन्छ , खानालाई केही छैन एकै ठाउँमा थुप्प्रो बनेर बसेर पनि बाच्न कठिन छ नि सरकार अपांगता भएका व्यत्तिलाइ, सोचम त क्यालिपरमा एउटा स्ट्राप चुडिदा एक पाइला चाल्न नसक्ने ती अपांगता भएका व्यत्तिको दुख, दुख छ नि यहाँ, भन्नलाइ सजिलो छ तर भोगेर हेर न एक पटक अनि बुझ्छौ कि कथा अपांगताको? आज संसार आफ्नै संग त टाढाको दुरि बनाइराखेको बेला अपांगता भएका व्यत्तिलाइ सहयोग कहाँ हुनु “अहिले मान्छेमा बाच्नु पर्छ भन्ने स्वार्थ मात्र बाकी छ । आशा नगरौ सावधानी आफैले अपनाउ, अपांगता भएका व्यत्तिलाइ पनि त बाच्नु पर्छ नि होईन र? दया होइन साथको खाचो छ ।