भिषण बर्षाको कारण उत्पन्न बाढि पिडितहरुलाई राहत सामाग्री हस्तान्तरणलायन्स क्लब काठमाडौँ समर्पण र हिन्दू स्वयम्सेवकद्धारा हेलम्बुमा राहतदूध तथा दुग्ध पदार्थ ढुवानी गर्ने गाडीमा प्रयोग हुने प्रतीक चिन्ह प्रयोग गर्न आव्हानकाठमाडौं उपत्यकामा जारी निषेधाज्ञा एक साता थपियोपछिल्लो २४ घण्टामा ३४५६ जना संक्रमणमुक्तनेप्से आज ६३ दशमलब ११ अंकको गिरावटसाताको कोरोबारको पहिलो दिन आज के छ नेपाली बजारमा सुनचाँदीको मुल्यबाढी पैह्रोका मुख्य स्रोतहरु तथा समाधानका उपायहरुउद्यमशील महिला समूहले पनि राहत बाँड्योकतारमा अघिल्लो कार्यकालको अधुरा कार्य पुरा गर्न मुक्तदाको पुनः उम्मेदवारी - मुक्तदाका प्रतिबद्धताहरुः
  • भर्खरै गमलामा बेगनवेलि फुल्न लागेको छ

    न्यूजलाईन्स् मिडिया संवाददाता
    प्रकाशित मिति : ३० चैत्र २०७६, आईतवार १९:३०

    भर्खरै गमलामा
    बेगनवेलि फुल्न लागेको छ
    गोदावरिमा वेमोसमि
    कोपिला लागेको छ
    यसपाला नयाँ वर्षमा ।

    (१)

    शहर वन्द छ
    बाहिर निस्कन मिल्दैन
    अनपढ कोहि छैन शहरमा
    ज्यान हत्केलामा राखेर
    एकहुल तन्देरिहरु सडकमा रमिता हेर्दैछन्
    काग कराउँदै गर्छ पिना सुक्दै गर्छ
    यसपाला नयाँ वर्षमा ।

    (२)

    मौसममा केही भएन
    दुःखमनाउ गर्ने धेरै भए
    शहरको् कारणले
    अन्ध–अपाङ्ग भोकैछन्
    शहर दिनदीनै परिकार
    प्रदर्शन गर्छ मोवाइलमा
    अनाथालय भोकैछ
    शहरियाहरु निर्दयी भएकाछन्
    यसपाला नयाँ वर्षमा ।

    (३)

    एकहुल शहरियाहरु
    गाउँ सुरक्षित भन्दै
    कलुषित पार्न गाउँ पसे
    विसौँ वर्ष देखि
    हलो, कुटो र कोदालो नदेखेकाहरु
    किशानको दोहोलो काट्दैछन्
    यसपाला नयाँ वर्षमा ।

    (४)

    सरकार सहयोग माग्दैछ
    धेरै कमाउनेहरु दुलामा छन्
    कोहि राहत माग्दैछन
    कोहि राहतको नामा मास्क वाँढेर
    महान वन्ने कोसिशमा छन्
    आफु सुरक्षित रहेर
    समाज विगार्दै छन्
    यसपाला नयाँ वर्षमा ।

    (५)

    शुभ कामना
    शव्दभण्डार वाट हराएको छ
    म खोज्दै छु
    तर शहरियाको नाताले
    गाउँ सखाप पार्ने अभियानमा
    कुनै न कुनै रुपले
    शायद म पनि सामेल छु
    कसलाई,कुन मुखले,कसरि
    शुभकामना दिउँ
    सभ्य वनौँ, सहयोगि वनौँ
    सुरक्षित रहुँ र रहन दिउँ
    यसपालाको नयाँ वर्षमा ।
    —आर्यालय

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु