• चन्द्रागिरि नगरपालिकालाइ पहिलो सहयोग चन्द्रगिरी ब्याडमिन्टन क्लबको

    न्यूजलाईन्स् मिडिया संवाददाता
    प्रकाशित मिति : ३० चैत्र २०७६, आईतवार २०:३९

    विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस कोभिड १९ को रोकथाम गर्नाका लागि चन्द्रगिरी नगरपालिकामा पहिलो सहयोग १ लाख ३ हजार चन्द्रगिरी ब्याडमिन्टन क्लबले प्रदान गरेको छ ।

    चन्द्रगिरी ब्याडमिन्टन क्लबले खेलको माध्यमबाट नभएर सामाजिक कार्यबाट पनि समाज सेवा गर्दै आएको थियोे । उक्त क्लबले महामारीको रूपमा फैलिरहेको अवस्थामा देशमा आपतकालीन कोर्षमा सहयोग गरेको थियो । चन्द्रगिरी नगरप्रमुख घनश्याम गिरीले सहयोग लिदै नगरपालिका अन्तर्गत कोहि पनि नगरबासी भोको नबस्न बताउदै समस्या भएको खण्डमा वडा कार्यालय र नगरपालिकाको कार्यालयमा सम्पर्क राख्न अपिल गर्नुभएको थियोे ।
    यसैबीच उक्त क्लबका संरक्षक देवेन्द्र प्रधानले बोल्दै क्लबका खेलाडी खेलको मात्र नभएर मनको धनी हुन्छन् भन्ने प्रष्ट पार्नु भएको थियो । देवेन्द्र प्रधानले यस अघि पनि कोरोना आशंका लागेका बिरामीलाई अस्पतालमा पुर्‍याउने जस्तो कार्य समेत गर्नुभएको थियोे ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु