नुवाकोटक चैत्र ३०।
बिश्वभरिनै महामारीको रुपमा फैलिरहेको प्राणघातक रोग कोरोना भाईरस (कोभिड-१९) को संक्रमणबाट नागरिकलाई जोगाउन लिखु-६ अवस्थित रहेको थानसिङ्ग युवा क्लब ले लिखु गाउँपालीका वडा नं -६ का वडा बासीलाई हात धुन पतन्जली साबुन घर घरै उपस्थित भएर वितरण गरेको छ । काठमाण्डौको स्वयम्भुमा रहेको पतन्जली आयुर्वेद केन्द्र प्रालीका राजु श्रेष्ठमार्फत प्राप्त भएको ६ लाख ७० हजार ४६४ रुपैँया वरावरको नुहाउने निम कान्ती पतन्जली सावुन गा पा लाई उपलब्ध भएको थियो र वडा कार्यालयको सहयोगमा थानसिङ्ग युवा क्लब मार्फत वितरण गरिएको छ।