बसन्त’का दुई कृति एकसाथमिसेस नेपाल वल्र्ड–२०२३ को टप २३ प्रतिष्पर्धी सार्वजनिक‘तस्वीरमा ज्येष्ठ नागरिक’ फोटो प्रदर्शनी (फोटो फिचर)हेर्नुहोस् आज मिति २०८० साल असोज १४ गते आइतबारको राशिफलगीति कविता : मैले तिमीसँग किनआईसीएमए नेपाल च्याप्टरद्वारा ६६ जना सीएमए डिग्री हासिल गरेका विद्यार्थी दिक्षीतसमाजबाट दुव्र्यसनलाई कसरी न्युनिकरण गर्न सकिन्छ भन्ने बिषयमा छलफलमाओवादी केन्द्रबाट बारपाक सुलिकोट गाउँपालिका स्तरीय रिटर्नी सेन्टर संगठन गठनप्रज्ञापारमिता स्थापनाको १३ औं बार्षिक उत्सवहाडजोर्नी तथा नसा रोगबारे लेखिएको ‘अर्थोपेडिक प्राक्टिस ईन नेपाल’ पुस्तक भविष्यमा सिद्धान्तको रुपमा विकास हुने डा. लामिछानेको दाबी

पूर्व प्रशासक एवम् साहित्यकार न्यौपानेको निधन

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७७ बैशाख १ गते, सोमबार १०:१६

ललितपुर, ०१ बैशाख – पूर्व प्रशासक एवम् साहित्यकार तुलसी प्रसाद न्यौपानेको निधन भएको छ । गए राती १:०० बजे आसपास आफ्नै निवासमा ७२ बर्षको उमेरमा उनको निधन भएको हो । न्यौपानेको पार्थिव शरिरलाई पशुपति आर्यघाटमा दाह संस्कार गरिसकिएको पारिवारिक स्रोतले जानकारी दिएको छ । न्यौपाने मुटु सम्बन्धी रोगबाट ग्रसित थिए । तुलसी प्रसाद न्यौपानेको जन्म गोर्खा जिल्ला स्थित पालुङटारमा भएको थियो । तीन दशक भन्दा लामो समय निजामती सेवामा विताएका न्यौपानेले अधिकांश समय योजना आयोग र अर्थ मन्त्रालयमा रहेर काम गरेका थिए । अर्थ मन्त्रालय रहदा उनले बढि जसो समय वैदेशिक शाखा प्रमुखको जिम्मेवारी सम्हालेका थिए । त्यसो त न्यौपानेले एसियाली विकास बैंकको मुख्यालयमा नेपाल सरकारको प्रतिनिधीका रुपमा रहेर समेत कार्य गरेका थिए । महादेशिय यात्रा, बिर्सिएका कविताहरु, नलेखिएका कथा लगायत एक दर्जन भन्दा बढि साहित्यिक कृतिहरु रचना गर्दै न्यौपानेले नेपाली साहित्यको भण्डार भर्ने कार्य पनि गरेका छन् । न्यौपानेद्वारा लिखित यात्रा संस्मरण महादेशिय यात्राले नेपाली साहित्य फाँटमा उच्च स्थान अोगटेको छ । साथै, उनको लेखन कला, शिल्प र शैलीका कारण उनका हरेक सिर्जनाहरु पठनिय रहने गरेका छन् । उनी गोर्खा सर्जक समाजको अध्यक्ष समेत हुन । साथै, उनले रोटरी इन्टरनेशनल र लायन्स क्लबमा आवद्ध रहदै महत्वपूर्ण जिम्मेवारी सम्हालेका छन् । उनलाई सामाजिक चेतका धनी ब्यक्तिका रुपमा लिने गरिन्छ । हाम्रो भन्दा राम्रो र असल मानिस् बन्नुपर्छ भन्ने भाव उनमा निहित थियो । स्वर्गिय न्यौपानेका एक छोरा, एक छोरी, बुहारी र तीन नाती नातिना छन् ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु