काठमाडौं १ बैशाख
गत बर्षको भदौ २७ गते बाट रिलिज भएको चलचित्र ‘पासवर्ड`युटुबमा मार्फत सार्वजनिक भएको छ।
एक्सन थृलर एवम् लव स्टोरी कथा रहेको उक्त चलचित्र नेपाली सिने जगत कै महङ्गो बजेटमा निर्माण भएको चलचित्र हो ।
एबी इन्टरनेशनलको ब्यानरमा निर्माण भएको चलचित्र ‘पासवर्ड` लाई सम्राट बस्नेतले निर्देशन गरेका छन्।हिरल जोशी र अमित बस्नेत सहकार्यमा निर्माण भएको उक्त चलचित्रको कार्यकारी निर्माता अकिंत गौतम र सह–निर्माता अजित के थापा हुन् ।
चलचित्रमा अनुपविक्रम शाही, विक्रम जोशी, बुद्दि तामाङ, रविन्द्र झा, प्रविण खतिवडा, धिरेन शाक्य, परी राणा, विक्रम बस्नेत, लिजा सुनार, छुल्ठिम गुरुङ लगायतका कलाकाको अभिनय रहेको छ । उक्त चलचित्रमा बलिउड अभिनेत्री सन्नी लियोनीले एक आइटम गीतमा अभिनय समेत गरेकी छिन् ।
सौरभ लामाको छायांकन र बलिउड कोरियोग्राफर बिष्णु देभाको कोरियोग्राफी रहेको छ । विष्णुदेभाको कोरियोग्राफी रहेको यो गित लन्डनमा खिचिएको थियो । गितमा पाँच करोड भन्दा बढीको लगानी रहेको छ ।
यो चलचित्रको अधिकांश छायांकन यूकेमा भएको हो। चलचित्रले नेपाली बक्स अफिस संगै नेपाल बाहिर पनि राम्रो व्यपार गरेको थियो ।
हेर्नुहोस् पूरा चलचित्र