प्रकाश सपुत लाइभ इन कन्सर्ट' अष्ट्रेलियाको सिड्नीमा हुँदैएसियाली खेलकुद क्बड्डीमा नेपाल सेमिफाइनलमावीरजंङ्ग स्मृति खुल्ला पुरुष राष्ट्रिय भलिबल प्रतियोगिता’ को तयारी पूरा, पुलिस क्लबसहित नौ वटा टिम सहभागी हुनेविज्ञानका उत्कृष्ट शोधार्थी विद्यार्थी लाई अनुदाननेपाली फुडगुरू सुरेश चन्द्र बस्नेत गोल्डेन ह्याट अवार्ड बाट सम्मानितहेर्नुहोस् आज मिति २०८० साल असोज १७ गते बुधबारको राशिफलविश्व दौडाहामा रहेका एनआरएनए उपाध्यक्षको उम्मेदवार केसीलाई हङकङमा भव्य स्वागतएमसीसीका सिइओ एलिस अलब्राइट र अर्थमन्त्री डा. महतबीच शिष्टाचार भेटबडादशैंको साइत सार्वजनिककक्षा ११ र १२ को परीक्षा कहिले?

सदस्य–सचिवको पहलमा ६ सय परिवारलाई राहत

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७७ बैशाख १ गते, सोमबार १४:४२

राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य–सचिव रमेशकुमार सिलवालको पहलमा कोरोना भाइरस (कोभिड¬ १९) का कारण कठिनाइमा परेका दैनिक मजदुरी गरी गुजारा चलाउदै आएका मजदुर, अपाङ्ग, एकल महिला, गरिब र विपन्न परिवारलाई सोमबार राहत स्वरुप खाद्य सामाग्री प्रदान गरिएको छ ।
सदस्य–सचिव सिलवालको अनुरोधमा द्घारिका होटल र नोबेल कलेजले काठमाडौं महानगरपालिका वडा ९ का ६ सय परिवारलाई राहतको व्यवस्था मिलाएको हो । लक्षित वर्गलाई चामल, नुन, तेल, दाल, गेडागुडी र चिउरा प्रदान गरिएको थियो ।
वडा पदाधिकारीको उपस्थितिमा सदस्य–सचिव सिलवाल, नोबेलका अध्यक्ष नवराज पाण्डे, वडा अध्यक्ष रामकृष्ण श्रेष्ठलगायतले बत्तीसपुतलीस्थित गोल्डेनगेट इन्टरनेसनल कलेजको हातामा राहत वितरण गरे । गत शुक्रबार पनि सदस्य–सचिव प्रमुख कार्यकारी अधिकृत रहेको शैक्षिक संस्था गोल्डेनगेट र सदस्य–सचिव सिलवाल नै अध्यक्ष रहेको संस्था हिसान तथा त्रिकृति कोलोनीले वडा ९ कै ५ सय ५० परिवारलाई राहत सामाग्री वितरण गरिएको थियो । त्यसमा ४ सय राहत सामाग्री गोल्डेनगेटको थियो ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु