बसन्त’का दुई कृति एकसाथमिसेस नेपाल वल्र्ड–२०२३ को टप २३ प्रतिष्पर्धी सार्वजनिक‘तस्वीरमा ज्येष्ठ नागरिक’ फोटो प्रदर्शनी (फोटो फिचर)हेर्नुहोस् आज मिति २०८० साल असोज १४ गते आइतबारको राशिफलगीति कविता : मैले तिमीसँग किनआईसीएमए नेपाल च्याप्टरद्वारा ६६ जना सीएमए डिग्री हासिल गरेका विद्यार्थी दिक्षीतसमाजबाट दुव्र्यसनलाई कसरी न्युनिकरण गर्न सकिन्छ भन्ने बिषयमा छलफलमाओवादी केन्द्रबाट बारपाक सुलिकोट गाउँपालिका स्तरीय रिटर्नी सेन्टर संगठन गठनप्रज्ञापारमिता स्थापनाको १३ औं बार्षिक उत्सवहाडजोर्नी तथा नसा रोगबारे लेखिएको ‘अर्थोपेडिक प्राक्टिस ईन नेपाल’ पुस्तक भविष्यमा सिद्धान्तको रुपमा विकास हुने डा. लामिछानेको दाबी

कामपा बाट निःशुल्क एम्बुलेन्स सेवा सुरू

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७७ बैशाख १ गते, सोमबार १९:५८

विश्वमा महामारीका रूपमा फैलिरहेको कोरोना भाइरस (कोभिड–१९) रोकथामका लागि सरकारले देशव्यापी लकडाउन लागू गरेको विशेष परिस्थितिलाई ध्यानमा राखी नगरवासीको सुविधाका लागि काठमाडौं महानगरपालिकाले आजैदेखी निःशुल्क एम्बुलेन्स सेवा सञ्चालनमा ल्याएको छ ।
कोरोना भाइरस संक्रमित बाहेक अन्य स्वास्थ्य समस्या भएका नगरवासीलाई घरबाट अस्पताल, अस्पतालबाट घर तथा एउटा अस्पतालबाट अर्को अस्पताल लान(ल्याउन यो सेवा संचालन ल्याउने निर्णय कामपाले गरेको हो । यसको लागी काठमाडौं महानगरपालिकाले संयुक्त एम्बुलेन्स चालक संघ, नेपालको काठमाडौं जिल्ला कार्यसमितिसँग सहकार्य गर्ने गरी सम्झौता गरिसकेको छ । यो सेवा अन्तर्गत महानगरवासीले पुर्णतस् निशुल्क सेवा पाउने छन् । यो निःशुल्क सेवा महानगरको भौगौलिक सीमाभन्दा २ कि.मि. टाढासम्मको लागी हो । काठमाडौं महानगरको सीमाबाट दुई किमिभन्दा बढी दुरी जानुपरेमा बिरामीले आवश्यक शुल्क तिर्नु पर्ने प्रावधान राखिएको छ ।
यसका लागि ५ वटा एम्बुलेन्स २४ सै घन्टा उपलब्ध हुने र सेवा दिए वापत एम्बुलेन्स सेवाले सेवाग्राहीसँग कुनै प्रकारको थप शुल्क लिने वा नाइँनास्ती र मोलमोलाई गर्न नपाइने व्यहोरा सम्झौतामा उल्लेख छ । यसको लागि सेवाग्राहीले कामपाको टोल फ्रि नं. ११८० मा सम्पर्क गरी यो सेवा लिन सकिनेछ ।
कोरोना भाइरसबाट संक्रमित विरामीका लागि महानगरपालिकाको सहकार्यमा सञ्चालित नेपाल एम्बुलेन्स सेवा–१०२ पहिल्यैदेखि सेवारत छ । १०२ का एम्बुलेन्सहरू हाल कोरोना भाइरस विरामीका लागि छुट्याइएकोले अन्य विरामीका लागि काठमाडौं महानगरपालिकाले यो थप सुविधा व्यवस्था गरेको हो । कामपाले संचालनमा ल्याएको यो नयाँ सेवाबाट हृदय रोगी, नियमित डायलसिस गर्नु पर्ने मधेमेहका बिरामी लगायतका अन्य बिरामी लाभान्वित हुने बिस्वास महानगरपालिकाले लिएको छ ।

काठमाडौं महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले हाल लकडाउनका कारण काठमाडौं महानगरपालिका क्षेत्रमा विरामीलाई अस्पताल लान र अस्पतालबाट घर फर्काउन यातायातको ठूलो समस्या देखिएकोले त्यसैलाई ध्यानमा राखी यो थप एम्बुलेन्स सेवा व्यवस्था गरेको बताउनुभएको छ । हाल निश्चित अवधिका लागि यो सेवा व्यवस्था गरेको भए पनि भविष्यमा आवश्यक परे यसलाई अझ बढाउन सकिने पनि उहाँले बताउनुभएको छ । यसमा सबै खाले विरामीले सेवा पाउने भए पनि हृदयाघात, मृगौला र अन्य आकस्मिक सेवा आवश्यक पर्ने विरामीलाई पहिलो प्राथमिकतामा राखेर सेवा प्रदान गर्ने पनि उहाँले बताउनुुभयो ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु