नेपाल डेरी एसोसिएसनको २३ औं वार्षिक साधारणसभा धनगढीमा हुने ""नेपाल डेरी एसोसिएसनको टिमले बंगलादेशको भ्रमण""परदेशका नेपाली स्वदेशमा फर्कन चाहन्छन त ?"आज इन्द्रजात्रा, काठमाडौं उपत्यकामा सार्बजनिक बिदासस्तोमा श्रम बेच्न बाध्य नेपालीलाई उचित पारिश्रमिक दिलाउन सातै प्रदेशमा स्कील तथा भोकेशनल एजुकेशन सीपमूलक कार्यक्रमएसियाली खेलकुदफर्निचर फर्निसिङका उत्पादनको कुम्भ मेला ‘फर्नेक्स २०२३’ सुरु, एकै छानामुनी सयौं उत्पादनहेर्नुस् आज मिति २०८० साल असोज ११ गते बिहिबारको राशिफल२४ महिना २४ बाचा’ सार्वजनिक गर्दै एनआरएनए अध्यक्ष पदमा शर्माको उम्मेदवारी घोषणासङ्घीय निजामती ऐन तत्काल ल्याउन कर्मचारी सङ्गठनको माग

कोरोना भाइरसको संक्रमणका कारण विश्वमा मृत्यु हुनेको संख्या करिब एक लाख २० नजिक

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७७ बैशाख २ गते, मंगलवार ०९:५८

काठमाडौं, २ बैशाख । कोरोना भाइरसको संक्रमणका कारण विश्वमा मृत्यु हुनेको संख्या करिब एक लाख २० नजिक पुगेको छ । पछिल्लो तथ्यांक अनुसार विश्वभर भाइरस संक्रमणका कारण एक लाख १९ हजार ५ सयभन्दा बढी व्यक्तिको मृत्यु भएको हो । यसबाट संक्रमित हुनेको संख्या पनि १९ लाख २३ हजार नाघेको छ ।

सबैभन्दा बढी मृत्यु र संक्रमित अमेरिकामा भएको छ । त्यहाँ २३ हजार ६ सयभन्दा बढीको मृत्यु भएको छ भने संक्रमित हुनेको संख्या ५ लाख ८६ हजार नाघेको छ ।

चार लाख ४३ हजारभन्दा बढी मानिस निको भएर घर फर्किएका छन् भने करिब ५१ हजारभन्दा बढीको अवस्था गम्भीर रहेको छ ।

मृत्यु हुनेमा इटालीमा २० हजार ४ सयभन्दा धेरै छन् भने स्पेनमा १७ हजार ७ सय नाघेको छ । स्पेनमा संक्रमित हुनेको संख्या १ लाख ७० हजार नाघ्दा इटालीमा संक्रमितको संख्या १ लाख ५९ हजार नाघेको छ ।

फ्रान्समा मृतकको संख्या १४ हजार ९ सय नाघेको छ । बेलायतमा ११ हजार ३ सयभन्दा बढीको मृत्यु भएको छ । इरानमा मृतकको संख्या ४५ सय नाघ्दा चीनमा यो संख्या ३३ सय ४१ मा रोकिएको छ । जर्मनीमा मृत्यु हुनेको संख्या ३१ सय नाघ्दा बेल्जियममा ३९ सय नाघेको छ भने नेदरल्याण्डस्मा २८ सय नाघेको छ ।

भारतमा ३५८ जनाको मृत्यु हुँदा १० हजार ४ सयभन्दा बढी संक्रमित भएका छन् । १२४८ जना पछिल्लो २४ घन्टामा नयाँ संक्रमित थपिएको छ । (एजेन्सी)

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु