• दुर्गेश थापा को नयाँ गीत द मास्कर” सार्वजनिक

    न्यूजलाईन्स् मिडिया संवाददाता
    प्रकाशित मिति : २ बैशाख २०७७, मंगलवार १०:३९

    काठमाडौं – नयाँ बर्ष ०७७ बिहानीसँगै गायक तथा मोडल दुर्गेश थापाले नयाँ गीत सार्वजनिक गरेका छन् ।

    आफ्नै स्वर रहेको “द मास्कर” बोलको गीतमा दुर्गेश थापाको आफ्नै शब्द संगीत रहेको छ भने अरोन अशोककुमारले छायांकनको भूमिका निर्भाह गरेका छन् । यस नयाँ गीतको अफिसियल म्युजिक भिडियोमा चर्चित मोडल तथा युटुबर सोनीका रोकायाले पनि मोडलको भूमिका निर्भाह गरेकि छिन् ।

    “द मास्कर ” नामक नया गीतमा राजनीतिक दलका नेताहरु माथि व्यंग्य प्रहार गरिएको छ भने उनलाई धोका दिने पूर्व प्रेमिका माथि पनि व्यंग्य गरिएको छ । यस गीतको भिडियोमा शिब बिकेको निर्देशन र मिलन विस्वकर्माको सम्पादन रहेको छ ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु