तेस्रो प्रयासमा सुदूरपश्चिमको सपना पूरा, बन्यो एनपीएल च्याम्पियन⚡दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल

नेपाल मा कोरोना भाइरसका थप संक्रमित पहिचान भएसँगै संक्रमित संख्या १६ भयो

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७७ बैशाख २ गते, मंगलवार १५:१४

काठमाडौं, २ वैशाख । नेपालमा पनि कोरोना भाइरसको संक्रमित संख्या बढ्न थालेको छ । विश्व महामारी बनेको कोरोना भाइरसका थप संक्रमित पहिचान भएसँगै संक्रमित संख्या १६ पुगेको छ ।
स्वास्थ्य मन्त्रालयले आज थप दुईजना संक्रमित भएको पुष्टि गरेको छ । हिजो पनि थप दुईजना संक्रमित भएको जानकारी दिएको थियो ।
बितेको तीन दिनमा सातजना संक्रमित थपिइसकेका छन् । आज संक्रमित पुष्टि भएकाहरु पेप्सीकोला टाउन प्लानिङस्थित सनसिटी अर्पाटमेन्टमा बसोबास गर्नेमध्येका हुन् ।

मन्त्रालयका अनुसार संक्रमित ५८ वर्षीय पुरुष र ८१ वर्षीया महिला छन् । उनीहरुको पीसीआरबाट थप परीक्षण गर्दा पोजेटिभ देखिएको मन्त्रालयले जनाएको छ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु